Sarawal sit lahar Notis

हाम्रो समाजको समस्या र चुनौतिको उचित ब्यबस्थापन के ? ः सुजित पोखरेल

0 55

         आज को २१औं सताब्दी को आधुनिक युग मा हामी र हाम्रो समाज को स्तर के हो? हामी कुन स्तर मा छौ? भन्ने कुरा को गहन अध्यन बाट योजना तर्जुमा गरिनु पर्छ । आम मानिस को जन जिबिका को दैनिकी सङ्ग जोडिएको हुन पर्छ। योजना हरु को प्रकृति फरक हुन सक्छन किन भने दीर्घकालीन सोच र आबस्यकता को आधार मा तय गरिएका परियोजना र दैनिकी संचालन को लागी निरन्तरता दिन गरिने गुजारा मुखी अल्पकालीन योजना, कार्यक्रम हरु को आ-आफ्नै महत्व र बिषेसता हुन्छ। हामिले निर्णय गरेका योजनाहरु को कार्य सम्पादन हुँदै गर्दा ती सुचक हरु मा कति कति प्रतिशत ले अभिवृद्धि भयो त्यस्कै आधार मा हाम्रो काम को मुल्यांकन हुने गर्छ। आर्थिक, भौतिक र सामाजिक बिकास ले नै सिङ्गो समाज लाई परिवर्तन र रुपान्तरण गर्न सक्छ। मानबिय सभ्यता र साक्षरता सङ्ग जोडिएको सुचक, भौतिक निर्माण पुर्बाधार हरु सङ्ग जोडिएको सुचक, गरिबी र आत्मनिर्भरता सङ्ग जोडिएको सुचक यी धेरै मापदण्ड मा हामी हिजो कति अंक मा थियौ र अहिले कति अंक ले वृद्धि गर्यौ यस्को हिसाब सङ्गै प्रत्यक्ष महसुस आम सर्बसाधरण गर्न पाउँछन् कि पाउदैन? सिमित घेरा, सिमित बर्ग र सिमित स्वार्थ भन्दा माथी उठेर आबस्यकता र वास्तविक माग को आधार मा प्राथमिकिकरण बाट तय हुन जरुरी छ। सुचना, सुझाब र सल्लाह लाई मनन गरेर पारदर्शी ढङ्ग ले समान रुपमा योजना संचालन गर्दा सबै ले अपनत्व महसुस गर्ने सकिन्थ्यो कि? “जीवन को लागि मुख्य आधार…. निशुल्क शिक्षा,स्वास्थ र रोजगार “को नारा लाई प्राथमिकता मा राखेर हातेमालो गर्दै अघि बढ्दा घाटा कसैलाई नहोला। सबै को साझा उद्देश्य भनेको समाजसेवा नै हो।

 

 

समाज मा रहेको बिकृती, अभाव, अशिक्षा, गरिबी, असमानता, बिभेद जस्ता

समस्या सङ्ग जुधेर भोलिका पिडिलाई एउटा सभ्य समाज को हस्तान्तरण गर्न सक्नु नै

यो पुस्ता को सफलता हुनेछ।

समाज मा रहेको बिकृती, अभाव, अशिक्षा, गरिबी, असमानता, बिभेद जस्ता समस्याहरु सङ्ग जुधेर भोलि को पिडि लाई एउटा सभ्य समाज हस्तान्तरण गर्न सक्नु पर्छ। अनि मात्र यो पुस्ता को सफलता हुनेछ। सहकार्य र समन्बय ले सद्भाव को सृजना गर्छ। हाम्रो सत्रु हाम्रो अघि खडा भएको समस्या हो। समस्या सङ्ग सबै मिलेर जुध्नु पर्छ समस्या को उचित समधान हुदा सबै को जित हुनेछ। सहकार्य को लागि उचित बाताबरण र समन्वय को काम निश्चित जिम्मेवारी प्राप्त गरेका जिम्मेवार ब्यक्ती हरु को हो जस्ले सबै को अभिबाबक भएर यो परिवर्तन र रुपान्तरण को लागि अग्रपंक्तिमा आफुलाइ उभ्याएका छन। यो पनि एउटा आन्दोलन हो । चुनौती हरु माथी बिजय प्राप्त गर्ने एक मात्र मार्ग भनेको समस्या र चुनौति को उचित ब्यबस्थापन नै हो। यदि हामी ब्यबस्थापन मा चुक्यौ भने हाम्रो कार्यकौशलता माथि ठूलो प्रश्न उठने छ जुन प्रश्न को जवाफ समय ले दिनेछ। तसर्थ म भन्न चाहन्छु प्रश्न को हत्या गरेर समाधान प्राप्त गर्न सकिँदैन। त्यसकारण सहकार्य मा जोड दिदै सामुहिक दायित्व पूरा गर्न सबै ले हातेमालो गरेर आ आफ्नो ठाउँ बाट पहल गरौ। प्लिज बि पोजेटिभ डु पोजेटिभ।

                                                                                                                                                                                                                                सुजित पोखरेल  ,बर्दघाट – १२ नवलपरासी

 

Leave A Reply

Your email address will not be published.