Bardaghat Na pa

नेपाल स्वयंसेवक संघ र बि.सि. डब्लु नेपाल परासीले गर्यो अपागं ब्यक्तिलाई अर्थिक सहयोग ।

121

परासी,जेष्ठ–२९

 

नेपाल स्वयंसेवक संघ परासी र बि.सि. डब्लु नेपालले चितवनका एक अपागं ब्यक्तिलाई अर्थिक सहयोग गरेको छ । चितवन उपमहानगरपालिका वडा नम्बर २१ बस्ने गणेश नेपाली लाई अपागं भएकै कारण घरबाट आफ्नी सौतेनी आमाले घर निकाला भएका उक्त ब्यक्तिलाई आफुहरुले संस्थागत रुपमा आर्थिक सहयोग गरेको सागर पौडेलेले जानकारी दिनुभएको छ । पौडलका अनुसार सामाजिक सन्जाल युटुब मा राखेको गणेश नेपालीको भिडियो हेरेपछि सामाजिक संस्था नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी परासी र बि.सि. डब्लु नेपालले आर्थिक सहयोग पठाएको बताउनु भएको छ । गणेश नेपालीको सिभिल बैंक एकाउन्ट ९८१५२७५८५९ रहेको बताईएको छ । अपागं गणेशका बाबाले कान्छी आमा ल्याएपछि उनलाई घरनिकाला गरीएको बताईएको छ ।