Bardaghat Na pa

जय माँ अम्बे पाउरोटी उद्योगलाई जरिवानावाना

557

सुनवल,  असार –५

पश्चिम नवलपरासीको सुनवलमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतत्वमा जिल्ला बजार अनुगमन समितिले विहीबार सुनवलका खाद्यन्न पसल, होटल तथा रेष्टुरेण्ट, बेकरिज उद्योग लगायतको संयुक्त अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सुनवल–४ स्थित जय माँ अम्बे पाउरोटी उद्योगलाई जरिवाना गरिएको छ । लेबल बिनै बजारमा पाउरोटी विक्रीका लागि पठाएको र उद्योगमा सरसफाइ पनि कमी देखिएकोले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो । प्रशासनले रु ५ हजार जरिवाना तिराएको हो । अनुगमन समितिले उक्त क्षेत्रका १० वटा व्यवसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको घरेलु तथा उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले बताउनुभयो । अनुगमनको क्रममा म्याद गुज्रेका, लेबल नभएका खाद्य पदार्थ जफत गरिएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र नलिएका मिठाइ पसल तथा होटललाई तत्काल अनुज्ञा पत्र लिन सचेत गराइएको छ ।

मिठाइ पसल, होटल तथा रेष्टुरेण्टलाई भान्साको सरसफाइमा ध्यान दिन सचेत गराइएको छ । लेबल नभएका वस्तु नबेच्न तथा दर्ता प्रमाणपत्रहरु पसलमा देखिने गरी राख्न पनि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी भण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता