Jilla Ban Notis

आराता कन्सल्टेन्सी एन्ड जब सर्भिस शुरु

0 16

भुमहि,माघ–२९
सुनवल नगरपालिका वडा न. १२ भुमहिमा आराता कन्सल्टेन्सी एन्ड जब सर्भिस कार्यालयको सुभारम्भ गरीएको छ। जापान जान चाहनेहरुका लागि भाषा सिकाउने र सहजीकरण गर्ने कार्यका लागि आराता कन्सल्टेन्सी एन्ड जब सर्भिस कार्यालय भुमहिमा सञ्चालनमा ल्याएको संचालक राज पाण्डेले बताएका छन्।
लामो सयम सम्मको वैदेशीक रोजगारको अनुभव लिएर आएका बर्दघाटका राज पाण्डे र अनिल क्षेत्रि जोडीले जापान जान चाहनेहरुका लागि सहजीकरण गर्ने गरी उक्त कार्यलय शुभारम्भ गरेको जनाएका छन ।

स्टुडेन्ट एवं वर्किङ्ग भिसामा जापान जानचाहनेहरुका लागि भाषा सिकाउने र भिसाको तथा आफ्नैै कन्सल्टेन्सीबाट जापानको लागि प्रोसेस गर्न लागि सजिलो होस भन्ने हेतुले आराता कन्सल्टेन्सी एन्ड जब सर्भिस अफिस को सुभारम्भ गरेको सञ्चालक पाण्डेको भनाई रहेको छ।
सुनवल नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष दिपक पौडेलको प्रमुख आथित्यतामा उक्त कार्यलयको सुभारम्भ गरीएको थियो । जापानमा समेत आफनै कन्सल्टेन्सी आमेया कर्पुरेसन सञ्चालन रहेकोले कामदार र स्टुडेन्टलाई सहजता हुने पाण्डेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.