Sarawal sit lahar Notis

चुरेक्षेत्रको संरक्षणगर्दै चुरेलाई आर्थिक बिकाससंग जोडेर अघि बढ्न जरुरी ः वस्नेत

0 23

कृष्ण ढकाल
बर्दघाट,असोज–६

चुरेक्षेत्रको संरक्षणगर्दै चुरेलाई व्यवस्थित र वैज्ञानिक तरिकाले आर्थिक बिकाससंग जोडेर अघि बढ्न जरुरी रहेको लुम्बिनी प्रदेश सभा सदस्य खड्गबहादुर वस्नेतले बताउनु भएको छ । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३औं साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य वस्नेतले उक्त कुरा बताउनु भएको हो ।
जब सम्म उचित नियम कानुन बनाएर प्राकृतिक साधन र स्रोतको उच्चतम प्रयोग गरीदैन तबसम्म देश समृद्धि तर्फ जान नसक्ने भएकाले चुरेको संरक्षण गर्दै त्यसक्षेत्रमा खेर गएका प्राकृतिक साधन स्रोतहरुको अधिक्तम प्रयोग गर्र्ने वातावरण सृजना गर्नु पर्ने वस्नेतको भनाई रहेको थियो ।

त्यसैगरी सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालले चोरीपैठारीले चुरे क्षेत्र प्रभावित भएको बताउनु भएको थियो । नगर प्रमुख अर्यालले चुरेको संरक्षणका लागी स्थानीय सरकार सबैसंग सहाकार्य गर्न तयार रहेको समेत बताउनु भएको थियो । अहिले चुरेको दोहन बढीहुने गरेका कारण वातावरणमा समेत असर पर्न थालेको बताउनु भएको थियो ।

मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति गणेश न्यौपानेको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा भएको २३औं साधारणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोबिन्द खनालले चुरे संरक्षणका लागि शान्ति समाज नीतिगत रुपमा लागि परेको बताउन्ु भएको थियो।

चुरे ध्वस्त पार्न पाइदैन,मरुभूमिकरण गर्ने नीति चाहिदैन” भन्ने नाराका साथ सुनवल -१,सोमनाथ स्थित प्रगति वाल उद्यानमा भएको साधारणसभामा केन्द्रिय बरिस्ठ उपाध्यक्ष कृष्ण रावल,सुनवल प्याब्सन अध्यक्ष कृष्णप्रसाद शर्मा,जनकल्याण बहुउद्देश्यीय सहकारीका अध्यक्ष दयाराम भण्डारी लगायतले मानव अधिकार सगै वातावरण संरक्षणका विषय आ(आफ्नो धारणा राखेका थिए ।

केन्द्रिय सदस्य मिना ढकालको पर्यवेक्षणमा संचालित साधारण सभामा सचिब शिवप्रसाद पौडेलले संस्थागत प्रगति प्रतिबेदन र कोषाध्यक्ष डिकबहादुर पाण्डेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने जिल्ला कार्य समिति बासुदेब पौडेलको संयोजकत्वमा संचालित साधारण सभा जिल्ला सचिव शिवप्रसाद पौडेलले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.