Jilla Ban Notis

सुनवल–४ ,रमवापुरमा उद्घोषण तथा भाषण कला तालीम सम्पन्न

0 55

कृष्ण ढकाल
बर्दघाट,फागुन–५
महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समिति सुनवल–४ ,रमवापुर आयोजनामा संचालीत पँँचदिने उद्घोषण तथा भाषण कला तालीम सम्पन्न् भएको छ । समितिका अध्यक्ष भिमा देवि शर्मा न्यौपानेको अध्यक्षता र सुनवल नगरपालिका वडानं. ४ का वडाध्यक्ष बालाकृष्ण पंगेनीको प्रमुख आतिथ्यतामा उक्त तालीमको समापन गरीएको थियो ।

तालीमको समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष पंगेनीले यसअघिका बर्षहरुमा पनि विभिन्न प्रकृतिका तालीमहरु संचालन गरेको स्मरण गराउदै गर्नु भएको थियो । यस पटकको तालीम वास्तमै ऐतिहासिक र नमुना तालीम भएको बताउनु भएको थियो । उहांले वडाले विनियोजन गरेको बजेट खेरनगएको भएपनि अब सिकेका कुरालाई ब्यवहारमा लागुगर्न पनि आग्रह गर्नु भएको थियो ।

त्यसैगरी निर्वतमान वडाध्यक्ष बिर बहादुर गुरुङ्गले तालीम अपेक्षा भन्दा पनि राम्रो भएकोले अब वडा नं. ४ का हरेक टोलका महिलालाई जागरुक बनाउननका लागि सहज हुने विश्वास ब्यक्त गर्नु भएको थियो । उहांले पहिले आफुले सिकेको सिपलाई ब्यवहारमा लागुगर्दै अरुलाई पनि सिकाउन सकेमात्र तालीमको उद्धेश्य पुराहुने बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समिति सल्लाहकार संयोजक तथा समाज सेवी ज्ञानु गौतमले महिलाहरु सचेत नहुदा सम्म घर र समाज सचेत बनाउन नसकिने भएकाले महिलाहरु सचेत हुन जरुरी रहेकाले यस प्रकारको तालीम आयोजना गरीएको बताउनु भएको थियो । उहांले अब यस तालीमवाट महिलाहरु खुलेर बोल्न र आफ्ना कुरा राख्न सक्ने भएको देख्दा आफु निक्कै खुशि भएको बताउनु भएको थियो ।

महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समिति सदस्य पुतली पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा वडा सदस्यहरु लक्ष्मण श्रेष्ठ,सिता पौडेल प्रशिक्षक कृष्ण ढकाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन समिति सचिव अञ्जु हमालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.