Jilla Ban Notis

सुनवल उद्योग वाणिज्य संघद्धारा आदिवासी जनजाती संगठनहरु सँग छलफल ।

0 46

सुनवल,पुस २०

उद्योग वाणिज्य संघ सुनवलले सुनवल क्षेत्रका आदीवासी जनजातीहरु सँग छलफल गरेको छ । यहि माघ १० गते देखि २२ गते सम्म संचालन हुने मेलालाई सफल वनाउन व्यापक रुपमा तयारीका साथै विभिन्न संघ सस्था तथा संगठनहरु संगको छलफललाई तिव्रता दिएको हो । मेलाको अयोजक उद्योग वाणिज्य संघ सुनवलले यस क्षेत्रका राजनैतिक , वौद्धिक सामाजिक व्यक्तित्वहरु सँगको छलफललाई तिव्रता दिने क्रममा आजे सुनवल क्षेत्रका आदीवासी जनजाती संगठनहरु सँग छलफल गरेको हो । आज भएको छलफलमा सुनवल नगरपालिका भित्रका आदीवासी जनजाती संघ संगठनले मेलालाई सफल बनाउन एकजुट भएर अगाडी वढ्ने सहमति जनाएको संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताउनुभयो ।

व्यापार मेलामा  नेपालका घरेलु ,साना, सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्य र अन्य उत्पादक समेत गरी २०० स्टलहरु रहने संघका महासचिव तेजु भण्डारीले जानकारी दिनुभयो ।

५५ लाख खर्च हुने अनुमान गरिएको मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र  मेलाबाट करिव १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको संघले जनाएको छ । मेलमा अनुसार जडीबुडी, पर्यटन सम्बन्धी दैैनिक उपभोग्य बस्तुहरु, हस्तकला तथा तयारी पोशाक र मेलामा बगंलादेश, पाकिस्तान र भारतकमा प्रर्दशकहरुको समेत सहभागिता रहने छ । मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कालकारहरुको समेत प्रस्तुती रहने आयोजकले जानएको छ ।

मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क  टिकटको व्यवस्था, विद्यार्थिलाई ७० र अन्यलाई १०० टिकटको व्यवस्था गरीएको संघका सचिव इश्वरी भण्डारीले बताउनुभयो । साथै ४० वटा स्थानिय उद्यमीहरुले उत्पादन गरेको कृर्षिमा अधारित कृर्षि बस्तुहरुको स्टल निशुल्क  उपलब्ध अयोजक उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.