Holi asnjal makar GURU

सुनवल चोकमा चैत्र १९ गते देखि नव चण्डी महायज्ञ हुदै ।

57

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१८
सिद्धाश्रम गौसंरक्षण संस्था सुनवल–१ को आयोजनामा यहि चैत्र १९ गतेदेखि २७ गते सम्म संचालन हुने नव चण्डी महायज्ञ–२०७८ को तयारी पुरा भएको यज्ञ सम्पादन मुल समितिका संयोजक दिपक ढकालले बताउनु भएको छ ।

सुनवल चोक अर्थात चिनि मिलको सिगेटसंगै रहेको खुल्ला चौरमा संचालन हुने नव चण्डी महायज्ञमा दश महा विद्या सिद्ध पुरुष महामण्डलेश्वर १००८ सद्गुरुदेव स्वामी श्री श्री राहुलेश्वरानन्द गिरीजी को प्रत्यक्ष्ँ उपस्थिती रहने विहिवार आयोजित पत्रकार सम्मेलनमा संयोजक ढकालले जानकारी दिनु भएको थियो ।

नव चण्डी महायज्ञ वाट संकलित रकम प्रस्ताविक शान्ति सामुदायिक वन उपभोक्ता समुह वडा नं. १ र ४ को सिमानामा पर्ने वेलारीको जंगलक्षेत्रमा करिव २५ हेक्टर क्षेत्रमा गौशाला निमार्ण गर्ने देखि विश्वको सबैभन्दा अग्लो हनुमान को मूर्ति र भैरव,चण्डी(दुर्गा) ,१२ फिट अग्लो पत्थरको शिव लिङ्गको मूर्ति स्थापना गर्ने लक्ष्य लिईएको यज्ञ सम्पादन मुल समितिका सह–संयोजक प्रेम प्रसाद ढकालले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

सुनवलको वेलारी क्ष्ँेत्रलाई धार्मिक तथा पर्यटकिय क्ष्ँेत्रका रुपमा विकास गर्दै बार्षिक १ लाख भक्तजनहरु वेलारीमा भित्राउने लक्ष्यकासाथ अघिबढेका कारण अहिले नेपालमा नै पहिलो पटक नव चण्डी महायज्ञ आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

अन्य यज्ञहरुमा कथा वाचन गरिने गरिन्छ भने यस यज्ञमा पुजन र होमन गरी तान्त्रोत्त रुपमा दुर्गा माताको उग्ररुपको यज्ञ गरिने आयोजकले बताएको छ । नौ दिन सम्म संचालन हुने यज्ञमा करिव २० लाख खर्च हुने अनुमान गरेको आयोजक संस्थाले सम्पूर्ण भत्तजनहरुलाई नेपालमा नै पहिलो पटक आयोजना गरिएको उक्त नव चण्डी महायज्ञमा सरीक हुन र आफु सक्दो सहयोग गर्न पनि आग्रह गरेको छ ।