sunwal

बर्दघाट महोत्सवको तयारी तिब्र ।

140

बर्दघाट, पुस २५ ।
बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस २९ गते देखी माघ ९ गते सम्म संचालन हुने पाँचौ बर्दघाट महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको छ । मेला संचालन हुने स्थल बर्दघाट ४ हरियालीनगर बर्दघाट मण्डपमा स्टल निर्माण देखी आवश्यक संरचना निर्माण कार्य तिब्र गतीमा चलिरहेको स्टल संयोजक डिल्ली कंडेलले बताउनुभएको छ । स्टल र मञ्च निर्माणको कार्य अन्तिम चरणमा पुगेको कंडेलले बताउनुभएको छ ।

बाल उद्य्रयानका सामानहरु महोत्सव स्थलमा झरिसकेको र धमाधम जोड्ने काम सुरु हुने कंडेलले बताउनुभएको छ । मेला सुरु हुने केही दिन मात्र बाँकी हुँदा स्थानिय ब्यापारी तथा जिल्ला भित्रका लघु उद्यमी, महिला उद्यमी, साना तथा घरेलु उद्योगीहरुका ५० बढि स्टलहरु बुक भएको छ ।
कृषि तर्फका स्टलहरु पनि बुक भैरहेको कृषि संयोजक गंगा पाठकले जानकारी दिनुभएको छ । महिला उद्यमी र कृषिका स्टलहरु निशुल्क रुपमा बुक गर्न सकिने भएकोले नगर भित्र रहेका ब्यबसासिक कृषकहरुलाई आफ्ना कृषि जन्य उत्पादनको प्रबद्र्धनका लागि आयोजक संग समन्वय गरेर स्टल बुक गर्नका लागि पनि संयोजक पाठकले कृषकहरुलाई आग्रह गर्नुभएको छ ।