Jilla Ban Notis

मलाई थाहाछ,मैले गर्नुपर्ने अझैपनि धेरै काम बाकी छ ः राम प्रसाद पाण्डे

0 45

मलाई थाहा छ,मैले गर्नुपर्ने
अझैपनि धेरै काम बाकी छ
जनताको आशाभरोसा र,
विश्वासलेआफैलाई
जिम्मेवारी थपेको आभास हुन्छ।
हामी हिड्दैछौंकोही अगाडि /
कोही पछाडी।
एउटा प्रक्रिया छ र
प्रक्रियाभित्रै उतारचढाव भइरहन्छ।
एउटा पद्धति छ र,
पद्धतिभित्र नै अनुशासन पालना हुन्छ।
जसरी पालुवा फेरिएपछीरुखमा
पातहरु झाँगिदै आउँछ
लामो यात्रापछि नै गन्तव्य नजिक हुँदैजान्छ।
पुरानोबाट सिकेर नै नयाँले गति पाउँछ।र,
अगाडिका पाइलाहरु टेकेरपछाडि
हिड्नेले बाटो पत्ता लगाउँछ।त्यसरी नै,
मेरा बाकी कामहरुजनताका आशासपना र,
चाहनाहरु आउँनेदिनमा पूरा हुँदै जानेछ।
भविष्यले मेरो जिम्मेवारीलाईअझै
फराकिलो बनाउँदै लानेछ।र,
नयाँ इतिहास निर्माणमा
नयाँ पुस्ताले नै निर्णायक भूमिका पाउँनेछ।
र, आज गर्व लाग्छ मेरो गन्तव्यमा लाखौं
पाइलाहरुम सँगसँगै यात्रारत छन।
बोकेर महान उद्देश्य आशाको दियो जलाउँछन।
चिसोले कठ्याग्रीएको श्रमिकहरुको
बस्तीमाउदाउने प्रत्येक
विहानीले सूर्यको नयाँ किरण ल्याउँछ।

✍️ लेखक पाण्डे ः सुस्ता गाउँपालिका नवलपरासीका अध्यक्ष हुनुहुन्छ ।

 

Leave A Reply

Your email address will not be published.