Jilla Ban Notis

अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेताहरुद्धारा एक वर्षका लागि अभिभावकत्व ग्रहण ।

0 43

कृष्ण ढकाल
बर्दघाट,साउन–४
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नवलपरासीका नेताहरुले एक वर्षका लागि १२ जना विधार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् । नवलपरासी जिल्लाको सरावल गाउपालिका वडानम्वर–५ का अतिविपन्न, अनाथ तथा जेहेन्दार १२ जना विधार्थीहरुको एक वर्षका लागि अभिभावकत्व ग्रहण गरेको जनाएका छन् ।

आज एक कार्यक्रमको आयोजनागरी अनेरास्ववियु र राष्ट्रिय युवा संघ नवलपरासीका नेताहरुले आफुहरुले अभिभावकत्व ग्रहण गरेका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरेका थिए ।

जनता आधारभुत विधालय सरावल –५ धनगडवामा अध्यनरत अंशु वरइ र सरस्वति प्रजापतिको अभिभावकत्व सुसान्त शर्मा घिमिरेले गरेका छन भने प्रियंका कुमारी कहार र रन्जना कुमारी कहारको अभिभावकत्व विक्रम पौडेलले गरेका छन ।
त्यसैगरी मनोहर गौंढ र शिवराज हरिजनको अभिभावकत्व सन्दिप अधिकारीले गरेका छन भने निजानन्द राजभर र रोशन चौधरीको अभिभावकत्व निरज पौडेलले गरेका छन ।
रामनयन गौंढ र अंगिरा हजामको अभिभावकत्व सन्जय मौर्यले गरेका छन भने सन्जना कुमारी कहार र किन्जल कहारको अभिभावकत्व सन्देश न्यौपानेले गरेका छन ।

जनता आधारभुत विधालय सरावल –५ धनगडवाका शिक्षक अभिभावक संधका अध्यक्ष श्रीराम गौडको अध्यक्षता र सरावल –५का वडाध्यक्ष दिनेश सहानीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्र.अ. रविन्द्र गौड,समाज सेवी सुखाडी चौधरी,माया देवि सहानी,कविता राजभर लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.