Jilla Ban Notis

विसासय सामुदायिक वन उपभोत्ता समुह सुनवलको बार्षिक साधरण सभा सम्पन्न ।

0 42

रमेश भुसाल

सुनवल,पुस २५

विसासय सामुदायिक वन उपभोत्ता समुह सुनवल ६ विसासय नवलपरासीको १४ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ । कार्यबाहक अध्यक्ष तारा देवि थापाको अध्यक्षता तथा सामुदायिक वन उपभोत्ता महासंघ नेपाल पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथि परियारले सामुदायिक वनहरुले विद्यान बमोजिम काम गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले सामुदायिक वनलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागी हाम्रो भन्दा पनि राम्रो र संस्थाले खोजेको व्यक्ति नेतृत्व तहमा भएमा मात्र संस्थाले गति लिन सक्ने बताउनुभयो । त्यस्तै बार्षिक साधारण सभामा सुनवल नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष राम प्रसाद लामा तामाङ, सुनवल सब डिविजन अधिकृत जितेन्द्र सिंह खड्का , विसासय सामुदायिक वनका पुर्व उपाध्यक्ष झविन्द्र खड्का, बर्तमान कार्यमिति सदस्य मनरुपा पाठक लगाएत बोल्नु भएको विसासय सामुदायिक वनका सचिव खगेश्वर भुसालले जानकारी दिनुभयो ।

त्यस्तै संस्थको वार्षिक कार्यप्रगति प्रतिवेदन सदस्य कल्पना घिमिरे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अनिता भट्राई ले प्रस्तुत गर्नुभएको विसासय सामुदायिक वनले जनाएको छ । त्यस्तै रिक्त अध्यक्षको पदपुर्ति समेत साधारण सभाले गरेको छ । जसमा धन प्रसाद तिवारी अध्यक्ष र विकास साहि लेखा समिति संयोजक हुनुभएको सामुदायिक वनका सचिब खगेश्वर भुसालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.