Jilla Ban Notis

बर्दघाट जेसीजद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0 50

कृष्ण ढकाल
बर्दघाट,साउन–१०

बर्दघाट जेसीजको आयोजनामा सोमवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यका साथ स्थापित भएको बर्दघाट जेसीजले प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित हुन पर्छ भन्ने उद्धेश्यले सोमवार जनरल हेल्थ चेकअप र दन्त परीक्षण शिवर संचालन गरीएको बर्दघाट जेसिजका अध्यक्ष दिनेश न्यौपानेले बताउनु भयो ।

बर्दघाट–४,बर्दघाट बजारमा रहेको नर्मदेश्वर शिवालय मन्दिर परिसरमा संचालन भएको जनरल हेल्थ चेकअप र दन्त परीक्षण शिविरमा १ सय ५३ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको बर्दघाट जेसीजका कार्यक्रम संयोजक खगेन्द्र अर्यालले बताउनु भएको छ ।

सोमवार संचालन भएके उक्त शिविरमा जनरल हेल्थ चेकअपमा संजीवनी हेल्थ होम प्रा लि बर्दघाटले विषेशज्ञ सेवा सहित प्राविधिक सेवा र ल्याब सेवामा सहयोग गरेको थियो भने दन्त परीक्षणका लागि रुरु त्रिवेणी डेन्टल क्लिनिक ,बर्दघाटले प्राविधिक सेवा प्रदान गरेको बर्दघाट जेसिजका महासचिव गणेश पाण्डे (सिसम)ले बताउनु भयो ।

बर्दघाट जेसीजद्धारा नर्मदेश्वर शिवालय मन्दिरलाइ सिमेन्टेड बेच्न हस्तान्तरण

सामाजीक कार्य र सेवामा समर्पित हुदै अघि बढेको बर्दघाट जेसीजले बर्दघाटमा रहेको नर्मदेश्वर शिवालय मन्दिरलाइ सिमेन्टेड बेच्न हस्तान्तरण गरेको छ । सोमवार जेसीजले आयोजना गरेको जनरल हेल्थ चेकअप र दन्त परीक्षण शिवर संचालन र श्रावणी मेलाको मकौका पारेर ५ थान सिमेन्टेड बेच्न हस्तान्तरण गरेको सिमेन्टेड बेच्न हस्तान्तरण गरेको छ ।

मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनहरु र अन्य वेलामा आउने आतरीक तथा वाहिय पर्यटकलाई बस्नका लागि सहज होस चन्ने हेतुले उक्त सिमेन्टेड बेच्न हस्तान्तरण गरेको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

बेन्चग्रहण गर्दै नर्मदेश्वर शिवालय मन्दिर विकास समितिका अध्यक्ष देवि पौडेलले सबैले सहयोग गरेर नै सामाजिक संघ संस्था र धार्मिक स्थलहरुको विकास हुने भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.