palhinnada

म त दलितकी छोरी हुँ, ‘क्रान्तिकारी’ बिहेमा पनि जातभात हेर्ने हो त ?

62

काठमाडौं कीर्तिपुरको ट्यांलाफाँट चोकबाट १०० मिटर पूर्वतर्फ, जहाँ एक नेवार परिवारको घरको तल्लो तलाको एक सानो कोठा, जुन कोठामा मैले स्नातकोत्तर गर्दा करिब ३ वर्ष जति बिताए। कीर्तिपुरको माहोलै बेग्लै नपढे पनि पढौंपढौं लाग्ने।

पल्लो घरको भुइँतलाको बत्ती ननिभ्दासम्म बत्ती निभाउन मन नलाग्ने।

गन्तव्य कहाँ हो थाहा थिएन तर पनि डिग्री हात पार्नु चाहिँ प्रमुख उद्देश्य नै थियो।

कन्जुस्याइँ नगरी खानका लागि पैसा पुग्दैनथ्यो। सस्तो तरकारीमा काँचो फर्सी पाइन्थ्यो। त्यसैले भान्सामा प्राय: फर्सी नै पाक्थ्यो।

त्यो टोलका प्राय: विद्यार्थीले बढी फर्सी किन्ने भएकाले होला पसलेले त्यो टोलको नाम नै ‘फर्सी टोल’ राखिदिएका थिए।

त्यतिबेला मोबाइल फोनमा नोकियाको एकछत्र बजार कायम थियो।

फेसबुक र मेसेन्जर आफ्नो नेटवर्कमा अगाडि बढिरहेको बेला मेरो पनि बल्लतल्ल फेसबुक चल्ने मोबाइल हात परेको थियो।

२०६४ सालमा त्यस्तो मोबाइल हात लाग्नु पनि मेरा लागि ठूलै उपलब्धि थियो।

चिनेजानेका सबैलाई र नचिनेका राम्रा सबैलाई रिक्वेस्ट पठाइयो। कतिले स्वीकार गरे, कतिले के/ के गरे त्यो पनि थाहा भएन। त्यत्तिकैमा करिब १५ दिनपछि एउटा रिक्वेस्ट एसेप्ट गरेको नोटिफिकेसन आयो। मन आनन्द भयो। नाम हेरे। अंग्रेजीमा लेखिएको थियो- Mo Ni Ka।

नाम मोनिका हो भन्ने थाहा भयो र पढ्ने त्रिचन्द्र कलेज। त्यो र २ थान फोटोबाहेक अरू केही थाहा भएन र सुरूकै दिन बोल्ने आँट पनि आएन।

भोलिपल्टदेखि नै बोल्ने काम सुरू भयो। तर बोल्ने काम एकतर्फी मात्रै हुन्थ्यो। यताबाट १०० वटा शब्द लेख्दा उताबाट एउटा शब्द आउँथ्यो। तर पनि त्यही एक शब्दका लागि म घण्टौं कुरेर बस्थें। फेसबुकको फोटो राम्रो थियो तर पनि मान्छे उही हो कि अरू नै हो नभेटी थाहा नहुने, त्यसैले राम्रोसँग बोलचाल नहुँदै एउटा म्यासेज पठाइहालें।

‘हजुरसँग भेट्न मन छ, मिल्छ ?’ कयौं प्रश्नको जवाफ सेलाएर विलय हुँदा यो प्रश्नको उत्तर एकैपटकमा आयो।

‘किन नमिल्नु !!! आउनुस् न भोलि बिहान त्रिचन्द्र क्याम्पस अगाडि चिया खानेगरी।

सुरूमा त झसंग भएँ। एक्कासि यस्तो म्यासेज आउँदा मनमा कयौं प्रश्न मनभित्र खेल्न थाल्यो। कतै केटो पो हो कि ? उल्लु बनाउनलाई हो कि ? केटी भए उसका अरू साथी पनि होलान्, कसरी फेस गर्ने ? के बोल्ने ? आदि इत्यादि।

फेरि प्रश्न गरे : झुक्याउन खोजेको त होइन नि ?

उताबाट हाँसोको इमोजी आउँछ।

‘किन झुक्याउनु आउनुस् न स्वागत छ।’

मैले भने : एक्लै भेटौं न हुन्न ?

उताबाट ‘हुन्छ भोलि बिहान ८ बजे क्याम्पस अगाडि फोन न ……..’

भोलिपल्ट भने बमोजिम भेट पनि भयो। एमएस्सी पढ्दै गरेकी फोटोमा देखेजस्तै राम्री मोनिका। जसको बोलीमा स्पष्टता तर क्रान्तिकारी भावले भरिएको थियो।

अखिल क्रान्तिकारीमा आबद्ध क्याम्पस इकाईकी सचिव रहिछन् उनी।

मैले भनें- म पनि कम्युनिस्ट विचारकै विद्यार्थी हुँ। तर पनि हजुरजस्तो विद्यार्थी नेता चाहिँ होइन है।

मुसुक्क हाँस्दै उनले ‘हो र !’ मात्रै भनिन्।

हाँस्दा गालाको डिम्पलले मलाई झनै लोभ्यायो।

पहिलो भेट करिब आधा घण्टा जतिको भयो।

फेरि भेट्ने बाचासहित म पनि डेरातिर लागें।

आधा घण्टामा उनले बोलेका कुराहरू मनमा खेलाउँदै कोठामा आएँ।

भेटसँगै मेसेन्जरमा गफ बाक्लिएलान् भन्ने ठानेको थिएँ तर त्यसो भएन।

एक दिन फोन मै सोधें- मेसेन्जरमा किन कम बोल्नुहुन्छ ?

जवाफ आउँछ- मन लाग्दैन।

‘जवाफ पनि कस्तो क्रान्तिकारी’ मैले जिस्काउँथे।

‘सामाजिक संजालमा कम बोल्ने बानी रहेछ हजुरको’ फोनमा मैले त्यसरी व्याख्या गर्दा उनले हुन पनि सक्छ भन्थिन्।

दोस्रो भेटमा क्रान्तिकारी छलाङ मारियो।

दुबैले हजुर र तपाईंबाट तिमी भन्ने सल्लाह भयो।

सामाजिक संजालमा अलि सक्रिय हुने निर्णय भयो।

पछि अलि सुधार आए पनि सन्तोषजनक सुधार चाहिँ आउन सकेन।

भेटमा उनले राजनीतिकै कुरा बढी गर्थिन्। उनी त्रिचन्द्रका कुरा गर्थिन्, म केन्द्रीय क्याम्पस कीर्तिपुरका। अरू कुरा खासै हुँदैनथ्यो। भेटहरू बाक्लिन थाले। फोन गफ झनै हुन थाल्यो।

म उनको संगतको क्रान्तिकारी हुन थाले। क्रान्तिकारीको चहलपहल त्रिचन्द्रमा भन्दा कीर्तिपुरमा बढी थियो।

त्रिचन्द्र पहिलेदेखि नै ने.वि.संघको अखडा थियो। मैले उनलाई हौस्याउँद क्रान्तिकारी कुरा गर्दा उनले मायालु भावले हेर्ने गर्थिन्। एकदिन म अखिलको विद्यार्थी हो भन्ने कहाँबाट थाहा भएछ कुन्नी व्यंग्य हान्दै भनिन्, ‘तिमीजस्तो क्रान्तिकारी विद्यार्थी के अखिलमा हिँडिराको। हाम्रो प्रचण्ड कमरेडले भनेको सुनेका छैनौं एमाले त हिङ बाँधेको टालो हो भनेर !’

म पनि धेरै बोलिनँ।

मात्र जवाफ फर्काएँ- त्यो त ६ महिनापछि २०६४ चैतको संविधान सभाको चुनावमा थाहा भैहाल्छ नि ! को वास्तविक हिङ हो भनेर। उनी मुसुक्क हाँसिन्।

सम्बन्धहरू झनै बाक्लिँदै गए। उनी पढाइ र राजनीति दुबैमा सक्रिय हुँदा पनि मलाई भने समय माग्दा कहिले नाइँ भन्दिनथिन्।

‘पूर्वका मान्छे सबैमा तगडा।’

कहिलेकाहीँ मैले भन्ने यही शब्दले उनी मख्ख हुन्थिन्।

भेटको ६ महिना यसरी नै बित्यो। चुनावमा माओवादीले छलाङ मार्यो। उनी धेरै खुसी भएकी थिइन्। त्यसपछि त उनी आफैं फोन गरेर भेट्न बोलाउँथिन्। भेट्न सधैं एक्लै आउँथिन्।

मलाई भेट्न आउँदा साथीसँग आएको कहिले देखिएन। मलाई उनको गफ सुन्दा आनन्द आउँथ्यो तर उनलाई मेरो के बानी मन पर्थ्यो थाहा थिएन।

कहिलेकाहीँ यस्तै जिस्किने खालका गफ पनि हुन्थे त्यो पनि भेटमा। फोनमा पनि उनको कम बोल्ने बानी नै थियो। तर भेटमा भने मज्जाले बोल्ने गर्थिन्।

मैले उनको क्रान्तिकारी शब्दलाई मायालु भावमा परिणत गर्दै लगेको थिएँ। त्यो उनलाई मन परेछ कि कुन्नी पछिल्लो समय भेट्नको लागि मैले कहिल्यै फोन गरिनँ र उनको आग्रहलाई पनि मैले नाइँ भन्ने कुरै आएन।

मैले एकदिन सोधिहालें- एमएस्सी सकेपछि के गर्ने सोच छ ?

तिमीजस्तै केटासँग बिहे गरेर दुबै राजनीतिमा लाग्ने!

उनको जवाफ थियो।

मैले मनमनै सोचे केटीले मन पराइ सकिछ।

यति जवाफ आएपछि अरू कुरा सोधिरहन आवश्यक देखिएन। लाग्थ्यो उनले मनमनै एउटा योजना बुनिसकेकी रहिछन्।

हुन त क्रान्तिकारीहरू सधैं एक कदम अगाडि हुन्छन् भन्थे हो र छ।

उनी सधैं म र मेरो सोचभन्दा एक कदम अगाडि हुन्थिन्।

एक दिन त्यस्तै प्रसङ्गमा भनेकी थिइन्- के छ ? मसँग ‘क्रान्तिकारी’ बिहे गर्न तयार छौ ?

मैले अगाडि भन्नु र सोध्नुपर्ने प्रश्न र उत्तर उनैबाट आउँथ्यो।

मैले पनि टाउको हल्लाउँदै भनेको थिएँ- म त जैसी बाहुनको छोरो हो नि, फेरि तिम्रो सबै पृष्ठभूमि सोध्न बाँकी नै छ।

उनले हाँस्दै भनेकी थिइन्- म त दलितकी छोरी हुँ, ‘क्रान्तिकारी’ बिहेमा पनि जातभात हेर्ने हो त ? त्यही पनि तिमीजस्तो डिग्री पढेको क्रान्तिकारी युवाले ? मैले पनि उनको त्यो बनावटी मजाकलाई त्यसैगरी हाँसेर उडाइदिएँ।

एमएस्सी पढ्ने यति राम्री केटी पाउँदा किन नगर्नु मनमनै विचार गर्दै थिएँ तर उनीजस्तो क्रान्तिकारी म भने थिइनँ।

माया एकदमै लाग्थ्यो तर राजनीति गरिरहने मेरो आँट थिएन। उनी क्रान्तिकारी कुरा मात्रै गर्थिन् तर म भने राजनीतिले जीवन र जीविका चल्दैन भन्ने उद्देश्य राख्थें। कसरी कुरो मिल्ला र खै! कहिलेकाहीँ म यिनै कुरा सोच्दै निदाउँथें।

सम्बन्धहरू बाक्लिँदै गए। माया र प्रेम फस्टाउँदै गयो। यत्तिकैमा परीक्षा दिएको ८ महिनापछि प्रथम वर्षको नतिजा प्रकाशित भयो। मोनिकाले हौसिँदै आफू प्रथम श्रेणीमा उत्तीर्ण भएको सुनाइन्। र त्यसदिन सँगै खाना खाने सल्लाह भयो उनकै डेरामा।

म पहिलो पटक उनको डेरामा पुगें।

उनको सानो सजिएको कोठामा उनको हातबाट बनेको स्वादिष्ट खाना खाएँ।

‘क्रान्तिकारीका हात कति मीठा’ मैले भनें।

‘संगत गर्दै जाऊ न मेरो सबै थोक स्वादिलो पाउँछौ’ उनको जवाफ थियो।

केहीबेरपछि म निस्कन लागेको थिएँ तर उनले मेरा हात च्याप्प समाएर आजको रात यतै सुत्न आग्रह गरिन्।

मैले नाइँ भन्न सकिनँ र मेरो स्वभावले पनि त्यहाँबाट निस्कन दिएन। एउटा सिंगो रात एक क्रान्तिकारी होनहार विद्यार्थीको कोठामा बिताउँदै थिए म।

कताकता डर अनि माया प्रेमले मिसिएको त्यो क्षण आज पनि उत्तिकै सम्झन लाएक छ।

जब वास्तविक प्रेममा डुब्न थालेपछि ठूला क्रान्तिकारीहरू पनि मैनबत्तीझैं पग्लिदा रहेछन्।

रात ढल्किँदै गर्दा अब त्यहाँ केही बाँकी थिएन, थियो त केबल एक क्रान्तिकारी युवतीको निबस्त्र शरीर जहाँ पौडी खेलिरहेको थियो एउटा बुर्जुवा कम्युनिस्ट, जो क्रान्तिदेखि डराउँछ तर उनको पछाडि क्रान्ति ठिक हो भन्न चाहिँ पछि पर्दैन।

डरका बाबजुद पनि एउटा प्यास भित्रको विद्रोह सकियो।

उनी भित्रको दन्किएको आगो केहीबेरमै शान्त भयो। मलाई भने कति बेला बिहान होला र त्यहाँबाट भागौं झैं भैरहेको थियो।

उनलाई भने ठूलै युद्ध जितेर क्रान्ति नै सफल भएझैं गरी मभित्र पूर्ण रूपले समर्पित भै मस्त निदाइरहेकी थिइन्।

१५ दिनपछि मार्कसिट आयो। उनले आफ्नो मार्कसिट देखाउँदै मेरो हातमा आफ्नो मार्कसिट थमाइदिइन्।

म क्रान्तिकारी थिइनँ तर उनलाई भने प्राय: म हौसला दिने गर्थें। उनको राम्रो कामको खुलेर प्रशंसा गर्थें। तर यो पटक मार्कसिट हात पर्नासाथ म झस्किएँ। मनमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। हातखुट्टा काम्न थाले। मन अमिलो भयो। उनले केही महिना अगाडि हाँसीहाँसी भनेको कुरा सत्य नै रहेछ। पूरै अंक नहेरी राम्रो छ अझै सफलताको कामना भन्दै मार्कसिट फिर्ता दिएर त्यहाँबाट निस्किएँ।

मन अब पहिलाको जस्तो आनन्दमय थिएन। अब मेरा लागि उनी प्रिय मोनिका थिइनन्, मेरो लागि अब उनी एक क्रान्तिकारी मोनिका सुनार थिइन्।

एक वर्षसम्म पनि मैले उनको अनुहार र क्रान्तिकारी विचारबाहेक केही हेरिनँ।

अनुहार पनि कस्तो बाहुनको जस्तो मिल्दोजुल्दो। म फेसबुके प्रेममा चुर्लुम्म डुबिसकेको आभाष भयो।

अब म उनलाई न त छोड्न सक्थें त न उनले भनेजस्तो क्रान्तिकारी विवाह नै गर्न सक्थें। उनी भने बिना शंका ममाथि समर्पित भैसकेकी थिइन्।

मेरा केही साथीलाई उनको र मेरो सम्बन्धको सबै वृत्तान्त पनि सुनाएँ।

सबैले विवाह गर्ने सल्लाह नै दिए। तर पनि मभित्र गडेको ब्राह्मणवादको गहिरो चिन्तनले मेरो मन र मस्तिष्कलाई गाँजेको आभास हुन्थ्यो। म साहस गर्थें तर मन फेरि विचलित हुन्थ्यो। जातीयताको नारा मेरा लागि महँगो साबित हुनेवाला थियो किनकि बाहिर टाउको हल्लाए पनि क्रान्तिकारी छलाङ मार्ने मसँग हिम्मत थिएन।

सयौं पटक आफैंले आफैंलाई सम्झाउँदै परिवर्तित हुन खोजें अनि आफ्नो मन र मस्तिष्कलाई जेनतेन सान्त्वना दिँदै पारिवारिक कुरो मिलाउन काठमाडौंबाट रातारात घरतर्फ फर्किएँ।

मलाइ यसको छिनोफानो छिट्टै नै गर्नु थियो। नभए म छिट्टै नै डिप्रेसनको सिकार हुनेवाला थिएँ किनकि नेगेटिभ विचार तुफान बनेर दौडिरहेका थिए।

विवाहको कुरो झिक्दा बुवा ६ महिनापछि भन्न लाग्नुभयो। केटी तयार छ, पैसा खर्च गर्नु पर्दैन भन्दा बुवा बल्ल हौसिँदै केटीको पूरा पृष्ठभूमि सोध्न लाग्नु भयो।

म भने कुनै फिल्मको कहानी सुनाएँ झैं गरेर ५ मिनेटमै मेरा सबैकुरा सुनाएर एकातिर लागें।

घरबाट स्वीकार्ने कुरै थिएन। आमाको टेन्सन हाइको कारण राति देखिनै बान्ता गर्न सुरू गर्नु भयो। बुवाको प्रेसर हाइले गर्दा खाइरहेको केम्लो ५ एम.जि. को प्रेसरको औषधिले पनि काम गर्न छोड्यो। प्रेसर १८० पुगेछ। घरमा अशान्ति मच्चियो।

बिहेको कुरा गर्न आउँदा बा-आमाको किरिया गरेर जानुपर्ने स्थितिको सृजना भयो।

धेरैपछि म पनि डाँको छोडेर रोएको थिएँ। आमा बेहोसजस्तै हुनुहुन्थ्यो। बुवाले दिनको दुई पटक औषधि खान लाग्नुभयो। छिमेकीले कुरा काट्न थालिसके। म भने घरमा आगो लगाइदिएर खरानी लिएर काठमाडौं फर्किएँ।

आखिर म क्रान्तिकारी छलाङ मार्ने स्वभावको मान्छे पनि थिइनँ। केटी पो क्रान्तिकारी म केका क्रान्तिकारी!

म घरको हरिबिजोकको त्यो स्थितिबाट विद्रोही हुन सकिनँ। बरू ठूलै आँट गरेर उनलाई हुन्न भनिदिन्छु त्यो सोच मनमा पटकपटक उब्जिरह्यो।

भोलिपल्ट एक होटलको एक रूममा बोलाएर मेरो सबै वृत्तान्त पहिला घरमा भने जसरी फिल्मी शैलीमा सिद्धाएँ।

निडर स्वभावकी , झटपट नआत्तिने , सधैं क्रान्तिकारी र आशावादी कुरा गर्ने मोनिकाको आँखाबाट आँसुका धारा बर्सिन लागे। क्रान्तिकारीको मन जब मायामा पग्लिएपछि कसरी विचलित हुँदा रहेछन् भन्ने उदाहरण आज आफ्नै अगाडि देखियो।

अंगालो मारेर धेरै मिनेटसम्म आँखाबाट वर्षा थामिएन। मसँग सम्झाउने कुनै शब्द नै थिएन।

भावुक मुद्रामा म पनि उनको अङ्गालोमा बेरिरहें।

एकपटक ठन्डा दिमागले सोच्न र आफ्नो त्यो निर्णय उल्टाएर आउन बिन्ती र आग्रह गर्दै मोनिका मबाट बिदा भइन्।

म भने युद्धमा हारेको सिपाहीजस्तो भैसकेको थिएँ।

मलाई उनीसँगको युद्ध जित्नु पनि थिएन। म आफ्नो हार स्वीकार गर्दै उनीबाट टाढिने सोचमा थिएँ।

३ दिनपछि फेरि भेट भयौं। म आफ्नो निर्णय उल्टाउन नसक्ने भन्दै परिवार नै बाधक भएको बहाना गरें। उनी फेरि गहभरि आँसु देखाउँदै त्यसो नगर्न बिन्ती गरिन्।

‘तिमी यति जातिवादमा रमाउने मान्छे रहेछौ, मलाइ तिम्ले यसरी फसायौ कि म उम्कनै नसक्ने गरी तिम्रो दलदलमा फसेको आभास हुँदैछ। तिमी एकदम निर्दही रहेछौ। मलाई थाहा छ तिम्रो अगाडि परिवार होइन तिम्रो जातिवाद लम्पसार परेर अगाडि आएको छ। तिम्ले मसँग गरेका क्रान्तिकारी बाचा र सम्बन्ध यी सबै हावादारी गफमात्रै रहेछन्। तिमी एक धोकेबाज हौ। तिमीले मसँग गरेको प्रेम बाहिरी देखावटी भौतिक सुखका लागि मात्रै रहेछ। तिमीजस्ता हुतिहाराबाट न कहिल्यै क्रान्ति सफल हुन्छ न त जातीयता नै अन्त्य हुन्छ।’ रोदनको आवाजमा यी शब्द भनिरहँदा म भने मुकदर्शक बनेर सुनिरहें।

उनको वास्तविकता र यथार्थ कुराले मलाई धेरै दिन निन्द्रा लागेन। ५ दिनपछि उनले फेरि फोन गरिन्। मैले फोन उठाइन्। मैले सिम चेन्ज गरें। फेसबुक त्यो आइडीबाट चलाउन छाडेर अर्को आइडीमा नयाँ नाम राखेर चलाउन थालें र दोस्रो वर्षको परीक्षा दिनासाथ काठमाडौंबाट पीडाको पहाड बोकेर आफ्नो गृहजिल्लातिर फर्किएँ। फेरि काठमाडौं नआउने गरी र फर्किएँ उनै मायालु मोनिकासँगको सम्बन्धलाई पूर्णविराम लगाउने गरी।

गाउँमा आएर पढाउन थालें। उनलाई बिस्तारै बिर्सिंदै गएँ। उनलाई बिर्सनु मेरो बाध्यता थियो वा रहर म आफैंलाई थाहा थिएन। केही वर्ष पढाएपछि निजामती सेवातिर लाग्न मन लाग्यो र केही वर्ष मै सरकारी जागिरे भइयो। विवाह गरियो।

देशमा राजनीतिक घटनाक्रम एकपछि अर्को परिवर्तित हुँदै गयो। जागिरे जीवनको ५ वर्षपछि काठमाडौं सरूवा भयो।

डिग्री गरेको करिब ११ वर्षपछि म फेरि काठमाडौं प्रवेश गरेको थिएँ।

काठमाडौं आएको केही महिनापछि कार्यालयमा एक प्रशिक्षण कार्यक्रमको आयोजना भयो।

२ दिने प्रशिक्षण कार्यक्रमको सहजकर्ता थिएँ म।

पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि मोनिका सुनार थिइन् – प्रदेश सभासद।

नाममा खासै वास्ता थिएन। तर प्रमुख अतिथिको उपस्थिति हुना साथ चिन्न गाह्रो भएन।

उनी तिनै मोनिका जोसँग म ११ वर्ष अगाडि गहिरो प्रेम सम्बन्धमा थिएँ।

उनलाई देख्नसाथ मेरो छाती ढक्क फुल्यो। मेरो उद्घोषण कला एकाएक लर्बरिन थाल्यो। लर्बराउँदै आसन ग्रहण गराएँ।

एक अतिथि वक्तालाई बोल्न दिएर उनको अगाडि गई नमस्कार गरें। नचिन्ने कुरै भएन।

‘आराम हुनुहुन्छ ?’ मैले टाउको मात्रै हल्लाएँ।

लाजले सायद मेरो अनुहार रातो भएको हुँदो हो। अरू बोल्ने आँट पनि आएन।

प्रमुख अतिथिको बोल्ने पालो आयो। बोल्न कति जानेकी , ऊर्जाले भरिएको भाषण।

मलाई भने कताकता आफ्नो असफल प्रेम कहानी झिक्ने हुन् कि भन्ने डर लागिरहेको थियो।

धन्न त्यस्तो भएन तर पनि जातीयताको नाममा ब्राह्मणवादी सोच र प्रवृत्ति अझै पनि हाम्रो समाजमा कायमै छ भन्न चाहिँ छोडिनन्।

जानुअघि १० मिनेट जति एक्लै भेट भयो। प्रदेश न. ३ की समानुपातिक सभासद मोनिका सुनार। ३५ वर्षकै उमेरमा सभासद ? प्रगति त राम्रै भएछ -मैले भने ।

उनले ‘यो देन हजुरकै’ भएको बताइन्।

११ वर्षअघिको हजुर सँगको त्यो पीडादायक विछोडले मलाई संघर्ष गर्न अझै सिकायो।

जातीयता अन्त्यको मेरो अभियान त्यो सम्बन्धपछि झनै मजबुत भयो। म अझै पनि यसैमा लडिरहेकी छु।

मैले त्यतिबेला सिम चेन्ज गरेपछि तडपिएकी उनी मलाई खोज्दै मेरो पुरानो डेरासम्म पुगेको र त्यो पीडाबाट मुक्त हुन करिब १ वर्ष लागेको र त्यसपछि बिहे नै नगरी राजनीतिमा अविरल लागिरहेको बताइन्।

तपाईंसँग धेरैपछि भेट भो खुसी लाग्यो।

‘सरकारी सेवामा लाग्नु भएको रहेछ अब त अलि परिवर्तन हुनु भएको होला नि ? कि पुरानै शैली छ?’ म रातो अनुहार बनाएर मुसुक्क हाँसें।

उनी पनि मुसुक्क हाँस्दै बिदा भइन्।

मैले फेरि २ हात जोडेर नमस्कार गरें।

उनै क्रान्तिकारी सभासद मोनिका सुनार। ११ वर्ष अघिको हाम्रो प्रेम सम्बन्ध जुन प्रेम मेरै कारणले दीगो हुन सकेन, जुन क्रान्तिकारी सम्बन्ध मेरै कारणले जोडिन सकेन।

क्रमशः..(बांकी अर्को अंकमा)

@ (लेखक उदय पाठक नवलपरासी जिल्ला बर्दघाट नगरपालिकाको पञ्जीकरण शाखामा कार्यरत हुनुहुन्र्छ )

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/