sunwal

रसुवाकाे बाढीले बगाएर भारतमा भेटिएका आठ शव नेपाल प्रहरीलाई हस्तान्तरण

532

बिनोद निगम

परासी , भदौ–१६

रसुवा बाढीमा परी नारायणी नदी हुँदै भारत पुगेका तीन महिला र एक पुरुषसहित चार शव भारतीय प्रहरीले आइतबार र मंगलबार नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।

भारतको महाराजगन्ज र कुशीनगर जिल्लाको खड्डा गण्डक क्षेत्रमा फेला परेका शवहरू आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गरी महेशपुर नाकाबाट नवलपरासी प्रहरीलाई बुझाइएको हो। कुशीनगरका एसडीएम विवेक मिश्रले शवहरू इलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख प्रहरी निरीक्षक सुभराज बमलाई हस्तान्तरण गर्नुभएको थियो।

शव हस्तान्तरणका क्रममा नेपाल प्रहरी, भारतीय प्रहरी, प्रशासन तथा एसएसबीका अधिकारीहरूको उपस्थिति थियो। यससँगै भारतमा फेला परी नेपाल ल्याइएका शवको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरीले जनाएको छ।

मंगलबार दिउँसोसम्म नवलपरासीमा १ सय ७३ शव फेला परेकामा ६८ शव सुनवल र अन्य शव बर्दघाट–२चिसापानीकाे वनमा व्यवस्थापन भइसकेको प्रहरीले जनाएको छ। नेपाल–भारत सुरक्षा तथा प्रशासनिक निकायको समन्वयमा भारतमा फेला पर्ने शव नेपाल ल्याउने प्रक्रिया जारी रहेको छ।