आरती राना
बर्दघाट,पौष–२६
बेस्ट फाइनान्स कम्पनी लिमिटेड बर्दघाट शाखाले आज वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेस्ट फाइनान्स कम्पनी लिमिटेड, बर्दघाट शाखाले प्रतापपुर गाउँपालिका वडा नं.–२, भिट्टा गाउँका स्थानियवासीहरुसँग वित्तीय साक्षरता कार्यक्रम गरेको थियो।
बर्दघाट शाखा प्रबन्धक बिष्णु प्रसाद श्रेष्ठको अध्यक्षता र घनश्याम भट्टराईको सञ्चालन रहेको उक्त कार्यक्रममा आनन्द चौधरीले बचत, रेमिटेन्स तथा बैंकिङ क्षेत्र तथा आधुनिक सेवाहरूका बारेमा सहजीकरण गर्नु भएको थियो ।
भने गणेश पाण्डेले कर्जा सम्बन्धी सहजीकरण गर्दै अहिलेको विद्यमान आर्थिक अवस्थाका कारण कर्जा असुलीमा देखिएका चुनौतीहरूबारे जानकारी गराउनु भएको थियो । उहाँले ऋणीहरूले समयमै कर्जा व्यवस्थापन नगर्दा भविष्यमा आइपर्न सक्ने समस्याप्रति सचेत रहन सबैलाई आग्रह गर्नु एको थियो ।
कार्यक्रमको समापनगर्दै शाखा प्रबन्धक बिष्णु प्रसाद श्रेष्ठले समग्र बैंक तथा वित्तीय क्षेत्रको अवस्थाबारे जानकारी दिनुका साथै बेस्ट फाइनान्स कम्पनी लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा सुविधाहरूको बारेमा जानकारी गराउनु भएके थियो ।
