कृष्ण ढकाल
बर्दघाट,भदौं–१७
नवलपरासी चेम्वर अफ कमर्शले आज प्रतापपुर गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी “प्रतापपुर चेम्वर अफ कमर्श तदर्थ समिति” गठन भएको छ ।
तदर्थ समितिको संयोजकमा गोपाल के.सी. रहनु भएको छ भने सह–संयोजकमा शुरेन्द्र सिंह ,सचिवमा रवि पोखरेल र कोषाध्यक्षमा नितेश गुप्ता रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा राम एकवाल कोइरी,राजु गुप्ता,राजु अधिकारी छोटेलाल कोइरी र मिलन सुनार रहनु भएको छ ।
चेम्वर अफ कमर्शको हीरक जयन्ती अर्थात ७५ औं बर्ष प्रवेशको अवसर पारेर पालिका स्तरमा शाखा विस्तार गर्ने उद्धेश्य अनुरुप “प्रतापपुर चेम्वर अफ कमर्श तदर्थ समिति” गठन गरीएको नवलपरासी चेम्वर अफ कमर्शका अध्यक्ष चन्द्र ज्योती बस्यालले बताउनु भएको छ ।
नवलपरासी चेम्वर अफ कमर्शका जिल्ला अध्यक्ष चन्द्रज्योती बस्यालको अध्यक्षता र नेपाल चेम्वर अफ कमर्शका लुम्बिनी प्रदेश सदस्य गणेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतापपुर गाउपालिकाको वडा नं. १ देखि ९ सम्मका ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।
