Sarawal sit lahar Notis

चेतनाको कमिले गर्दा महिला माथि लैङ्गिक हिन्सा हुने गरेको

0 131

गौरीशंकर जयसवाल

परासी २४ मड्सिर
चेतनाको कमिले गर्दा महिला माथि लैङ्गिक हिन्सा हुने गरेको परासी भएको एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन । उनीहरुले महिलाहरुमा चेतनाको कमीले पनि महिलाहरु हिन्सा भोगिनु परेको बताए । रामग्राम नगरपालिका महिला बालबाालिका तथा सामाजिक सावेशीकरण उपशाखाले संचालन गरेको लैङ्गिक हिन्सा १६ दिने अभियानको समापन कार्यक्रममा बोल्ने सरोकारवालहरुले उक्त कुरा बताएका हुन।

नमूना समाज महिलाकी अध्यक्ष सरिता पौडेलले हिन्सा धेरै प्रकारको भएकोले यसलाई रोक्न लागि अफनै घरबाट रोक्नुपर्ने बताईन । दईजोप्रथामा पनि लैङ्गिक हिन्सा हुने गरेकोे बताउदै महिला मात्र हिन्सा नभई पुरुष पनि हिन्सा परेको बताईन । उनले भनिन् महिलाहरु पनि सभ्य घर बनाई मात्र सभ्य समाज निमार्ण हुने भनाई थियो ।

रामग्राम नगरपालिका कार्यपालिकाकी सदस्य नानुखड्का क्षेत्रीले घरदेखी अफनो मन देखी महिला हिन्सा गदैन तबसम्म महिला हिन्सामा कमी नआउने बताईन ।अशिक्षीत भएरपनि शिक्षीत हुदाँ लैङ्गिक हिन्सा बृद्धि भएकोले यसलाई घरबाट परिर्वतन गर्न जरुरी रहेको बताईन । महिला नभई पुरुषहरुरुपनि महिलाबाट हिन्सा परेको घटना बाहिर आउने गरेको बताईन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका महिला तथा बालबालिका सेलकी प्रमुख भिमा रानाले लिङ्गको अधारमा पनि लैङ्गिक हिन्सा हुने गरेको बताउदै छोरा छोरीमा बिभेद गर्ने पनि लैङ्गिक हिन्सा हुने गरेको बताईन । यसलाई न्यूनिकारण गर्न महिला वा पूरुष जागरुप हुन जरुरी रहेको बताईन । सशक्तीकरण नेपाल परासीकी अध्यक्ष अस्मिता रानाले सामाजमा अहिले पनि तेश्रो लिङ्गलाई हेने दृष्किोेण फरक रहेको बताईन । समाजमा तेश्रो लिङ्गलाइ बिभेद हुने गरेको यो पनि लैङ्गिक हिन्सा नै भएकोले यसलाई न्यूनिकारण गर्न जरुरी रहेको जोड दिईन ।

कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झाना चौधरीले हिन्सा गर्ने भन्दा सहने झन अपराधि हुने भन्दै हिन्सा महसुश हुने बित्तिकै प्रतिकार गर्न जरुरी रहेको बताईन । उनले भनिन् महिला ,पुरुष र तेश्रो लिङ्ग समुदाय सबै हिन्साबाट पिडित रहेको बताउदै हिन्सा अन्त्य गर्न अफानो घर वा टोलबाट शुरुवात गरेमात्र न्यूनिकारण हुने बताईन । समाता मूलक र सभ्य समाज निमार्ण गर्नका लागि हिन्सा सहेर बस्न नहुने उनको भनाई थियो ।

कार्यक्रममा जेष्ठ नागरिक रामग्राम १ बस्ने ११२ बर्षिय शंकर यादव र १०० बर्षिया सुन्दरी यादवको जोडी यौनिक अल्संख्यक समुदायको क्षेत्रमा योगदना गरेको सशक्तिकारण नेपालकी अस्मिता राना ,अर्दश माविमा रहेको दृष्टि बिहीन कक्षामा अध्यनरत शंकर रौनिययालाई सम्मानपत्र तथा पोशाक सहित सम्मान गरिएको महिला बालबाालिका तथा सामाजिक सावेशीकरण उपशाखाकी प्रमुख तारा आर्यलले जानकारी दिईन ।

Leave A Reply

Your email address will not be published.