sunwal

सुनवल क्षेत्रमा नमुना चिडीयाखाना स्थापना गर्न पहल गर्ने छु ः थान प्रसाद गैरे

79

गौरीशंकर जयसवाल

परासी २८ कार्तिक
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (क) मा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पदका उम्मेदवार थान प्रसाद गैरेले सुनवल क्षेत्रमा चिडीयाखाना स्थपना गर्ने बताएका छन ।
उनले यस क्षेत्रमा सामुदायिक बनहरु धेरै रहेकोले सबै सामुदायिक बनहरुको समन्वयमा चिडीयाखना निमार्ण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको बताए । अफनोे क्षेत्र सुनवल नगरपालिका वडा नंं. ६ बिसायमा घरदैलो तथा मतदातासंग मत माग्दै गैरेले यस्तो बताएका हुन ।

यस क्षेत्रमा सुकुम्बासी समस्या रहेकोले सुकुम्बासीको समस्या समाधान गर्ने अव्यवस्थित बसोबास समस्या समाधान र सडक पूर्वाधार समस्या रहेकोले यसको समस्य समाधान गर्ने गैरेले बताए । स्वास्थ्य क्षेत्रमा सुनवल नगरपालिकामा सुबिधा सम्पन्न अस्पताल निमार्ण गर्ने र कृषि क्षेत्रमा प्रथामिकता दिएको बताए ।

सुनवल क्षेत्रमा बिद्यालय र क्याम्पसमा देखीएको अधुरा कार्य तथा पूर्वाधार निमार्ण जोड दिने ।बिद्यालयमा शैक्षिक सुधारको लागि गुणस्तरीय शिक्षामा प्रतिबद्धता पत्रमा जोड दिएको गैरेको भनाई छ ।

सडक पूर्वाधारमा सुनवल ज्यामिरे देखी पण्डितपुर रामग्राम स्तुपा महामाया सडक हुदै बाबा गर्दगोरिया लागयत धार्मिक स्थल जोड्न बुद्ध सर्किट बनाउने प्रतिबद्धतामा उल्लेख गरेको गरेका छन। त्यसैगरी मुख्य रुपमा पर्यटकिय क्षेत्रमा महल पोखरीलाई ओझेलमा रहेकोले सुनवल महल पोखरी जोड्ने सडक निमार्ण गर्ने र पर्यटकीय क्षेत्रकोे रुपमा बिकास गर्ने बताए ।

यस क्षेत्रमा अधुरा रहेको बिकास निमार्णलाई पूर्णता दिने गैरेले मतदाताहरुसंग प्रतिबद्धता व्यक्त गरेका छन । उनले धेरैले आएर बोलेर जान्छ छन तर आफु जे बोलीन्छ त्यो पुरा गरेरे छाड्ने प्रतिवद्धता समेत जारी गरेका थिए ।

थान प्रसाद गैरे लामो समय राजनिती र बिभिन्न क्षेत्रमा क्रियाशिल रहेका छन । उनी सुनवल आर्दश गाबिसको २०४९ साल देखि २०५९ साल सम्म दुई कार्यकाल गाविसअध्यक्ष भैसकेका व्यक्ति हुन ।