Holi asnjal makar GURU

पाल्हि बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः राधेश्याम पाठक

129

उमेश बि।क
परासी , २७ माघ

पश्चिम नवलपरासीको पुरानो क्याम्पस पाल्हि बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः  राधेश्याम पाठक चयन हुनुभएको छ।
सोमबार भएको निवार्चनमा आफ्ना तिनजना प्रतिद्वन्दिलाई पछि पार्दै पाठक निर्वाचित हुनुभएको हो। सोमबार राति भएको मतगणना अनुसार आफ्नो निकटतम प्रतिद्वन्दि घुरहु यादवलाई ६ मतआन्तरले पछाडि पार्दै पुन बिजयी हुनुभएको हो।

कुल २६० मत खसेकोमा राधेश्याम पाठकले ९२ मत पाउनुभयो थियो भने घुरहु यादवले ८६ मत पाउनु भएको थियो । अध्यक्ष कै अर्को उम्मेदवार काङ्ग्रेसको विक्रम यादवले ४८ मत पाउनुभएको थियो । पार्टीमा आन्तरिक किचलो कारण काङ्ग्रेसकै तर्फबाट दुईजना उम्मेदवार निर्वाचनमा उठेका थिए ।

यसैगरी अर्का अध्यक्ष पदका उम्मेदवार नेकपा ओलि पक्षको बिमल पौडेलले २८ मतले हार बेहोरेका हुन । यस्तै लेखा संयोजकको उम्मेदवारमा अनिल कुमार गौड निर्वाचित हुनुभएको छ। ४ जनाको उम्मेदवारी परेको लेखा समिति संयोजकमा निकटम प्रतिद्वन्दि राजेन्द्र पटेललाई १५ मतआन्तरले हराउँदै गौड बिजयी हुनुभएको हो। गौडले ९० पटेलले ७५ मत प्राप्त गरेका थिए । यस्तै लेखा समिति संयोजकमा अर्का उम्मेदवार राकेश कुमार गुप्ता ४७ र रामजि ज्ञवालीले २६ मत पाएका थिए । अध्यक्ष तर्फ २ र लेखा समिति संयोजक तर्फ २ मत बदर भएको थियो।

कम्जोर आर्थिक अवस्थाका कारण जटिल अवस्थामा पुगेको पाल्हि बहुमुखी क्याम्पसको नयाँ नेतृत्व संसदीय चुनावको झल्को दिनेगरी चुनाव भएको थियोे ।

यसअघि आजिवन संरक्षक सदस्य निर्विरोध निर्वाचित भइसकेका छन । जसमा सम्झना चौधरी , श्रीधर बस्याल र सुबासचन्द्र अग्रबाल रहनुभएको छ । क्याम्पस सभा २३ सदस्यीय हुने ब्यवस्था रहेको छ। जसमा अध्यक्ष १ ,संरक्षित सदस्य १ महिला र २ पुरुष गरि ३ र लेखा समिति संयोजक १ जना निर्वाचित हुने र बााकि सदस्य मनोनयन गर्ने ब्यवस्था रहेको छ।

नवनिर्वाचित क्याम्पस अध्यक्ष राधेश्याम पाठकले वर्तमान आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न अन्य थप शैक्षिक कार्यक्रमहरु समेत यस क्याम्पसमा सञ्चालन गरी यस क्याम्पसलाई नवलपरासीको नमूना शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना रहेको वताउनुभयो