Sarawal sit lahar Notis

सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुर र वडा नम्बर सात तरंगौलीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन ।

0 26

उर्मिला यादव

सुनवल,मंसिर ८
सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुरमा आज आइतबार एक कार्यक्रमका बिच आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको छ । सुनवल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिरबहादुर गुरुंगको अध्यक्षता तथा नगर प्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आथित्यतामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको हो ।
यस्तै गरी सुनवल नगरपालिका वडा नम्बर सात तरंगौलीमा पनि आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको छ । सुनवल नगरपालिका वडा नम्बर सातका वडाध्यक्ष बसन्तराज दाहालको अध्यक्षता तथा सुनवल नगरपालिका प्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आथित्यता तथा नगरउपप्रमुख दधिराम अर्यालको बिशिष्ठ आथित्यतामा संयुक्त रुपमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको हो ।
सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुर र वडा नम्बर सात तरंगौलीमा स्थापना गरीएको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट के कस्ता सेवा सुबिधा प्रदान गरीने त्यहाका स्थानियलाइ सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराउनु भएको थियो भने कार्यक्रम संचालन सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिन प्रसाद बुढाथोकी ,वडा नम्बर ४ का वडाध्यक्ष बिरबहादुर गुरुंग , वडा नम्बर ५ का वडाध्यक्ष थमनंिसंह नेपाली , वडा नम्बर सातका वडाध्यक्ष बसन्तराज दाहाल , वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रे , वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे , वडा नम्बर १३ का वडाअध्यक्ष तथा सुनवल नगरपालिका नगरप्रवक्ता कृष्ण प्रसाद देवकोटा , स्थानिय , सरोकारवाला ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।
यस्तै गरी भोलि सुनवल नगरपालिका वडा नम्बर दुई खुटहटमा बिहान ११ बजे आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिने सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.