Jilla Ban Notis

६५ औ प्रहरी दिवसको अवसरमा नवलपरासीमा १५ प्रहरी पुरस्कृत १० जना जेष्ठ पूर्व प्रहरी सम्मानीत ।

0 34

गौरीशंकर जयसवाल

परासी ३० असोज
पश्चिम नवलपरासीमा प्रहरीहरु पुरस्कृत भएका छन । ६५ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यरत १५ जना प्रहरीहरु पुस्कृत भएका हुन । पुरस्कृत हुनेमा प्रहरी जवानदेखी प्रहरी नायब उपरीक्षक सम्म पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । उत्कृष्ट काम गरे भन्दै उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले प्रहरीहरुलाई पुरस्कृत गरका हुन ।

यस्तैप्रहरी दिवसकै अवसरमा ७५ बर्ष नाघेका जेष्ठपूर्व प्रहरीहरुलाई सम्माना गरिएको छ ।७५ बर्ष नाघेका १० जना जेष्ठ पूर्व प्रहरीहरुलाई सम्मान गरीएको हो । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले संयुक्त रुपमा दोसल्लाओढाई सम्मान गरेको डीएसपी राजु लामाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयलाई जग्गा उपलब्ध गराएको एक जनालाई सम्मान गरिएको छ । कार्यालयलाई जग्गा दान गरेको भन्दै जग्गादातालाई कदर पत्र दोसल्ला ओढाई प्रमुख जिल्ला अधिकारी पाठकले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरी उपरीक्षक अजय केसीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको प्रमुख अाितथ्तामा भएको कार्याक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरीशर्मा, पूर्व प्रहरी संगठनका अध्यक्ष शम्भु प्रसाद उपाध्ययले शुभकमान व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.