Jilla Ban Notis

६१ औँ घुम्ती साहित्यिक शृङ्खला सम्पन्न ।

0 53

भुमही, चैत्र ११
साहित्य परिषद्, नवलपरासीकाे ६१ औँ घुम्ती साहित्यिक शृङ्खला परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्याैपानेकाे अध्यक्षतामा सम्पन्न गरेकाे छ । सुनवल १३ बडेरामा अवस्थित माेतीलाल बहुमुखी क्याम्पसकाे सभाहलमा सम्पन्न साहित्यिक कार्यक्रममा भविश्वर पराजुली, एकनारायण तिमिल्सिना, शाेभा बस्याल, नैनादेवी बस्याल, मैना सुवेदी, राज एम. के , यामजित मल्ल, टीकादेवी न्याैपाने लगायत दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
देशकाे समसामयिक अवस्था अत्यन्त नाजुक रहेकाेले जनताहरू सचेत हुनुपर्ने र जनताले नेतृत्ववर्गलाई खबरदारी गर्नुपर्ने विचार स्रष्टाहरूले रचनाकाे माध्यमबाट व्यक्त गरेका थिए । साहित्य समाजकाे ऐनामात्र नभएर जनचेतना फैलाउने सशक्त माध्यम भएकाेले समाजमा चेतना विस्तार गर्न साहित्यमा कलम चलाउनुपर्ने विचार प्रकट गर्दै सम्पूर्ण साहित्यानुरागीहरूलाई परिषद्का कार्यक्रममा जाेडिन अध्यक्ष डा. न्याैपानेले अनुराेध गर्नुभयाे ।
कार्यक्रम तिलक भट्टराई अन्जानले सञ्चालन गर्नुभएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.