Jilla Ban Notis

५ नंं.प्रदेश मन्त्रीपरिषदको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय ।

0 11

फूलकुमारी ढकाल
बर्दघाट,बैशाख ३
प्रदेश नंं. ५ को आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । अनुदान दिदाँ विभिन्न शिर्षकहरुमा विभाजन गरी दिने निर्णय गरेको छ । जसअन्तर्गत बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैयाँका दरले दिने निर्णय गरेको छ । त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ, सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैयाँ र प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैयाँ दिने निर्णय आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले गरेको बताइएको छ । त्यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैयाँ, १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैयाँको दरले ६० लाख रुपैयाँ दिने निर्णय प्रदेश स्तरीय मन्त्रीपरिषदको बैठकले गरेको छ । आजकै बैठकले जिल्ला समन्वय समितिको काम अनुगनको कामलाई प्रभावकारी बनाउने र बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने समेत निर्णय भएको छ । प्रदेश नं. ५का १ सय ९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ अनुदान दिने भएको छ । यसरी विनियोजित रकम खर्च गर्दा कोरोना विशेष अनुदानको खर्च सामाजिक विकास मन्त्रालयले तयार गरेको कार्यविधि अनुसार खर्च गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.