Jilla Ban Notis

५ औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु, पहिलो दिनको खेलमा नवलपरासी विजयी ।

0 23
कृष्ण ढकाल
बर्दघाट,माघ–२५
                  नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६, सूर्यनगर रंगशालामा आज देखी ५ औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । नव युवा क्ब सुर्यनगरको आयोजना र बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा शुरु भएको फुटवल प्रतियोगिताको आज पहिलो दिनको खेलमा नवलपरासी ११ विजयी भएको छ । नवलपरासी ११ र मकवानपुर ११ बीच भएकोे खेलमा प्रतियोगीता शुरु भएको ३ मिनेटनै नवलपरासी ११ का जर्सी नम्बर १४ का खेलाडी डेविड डोमरले पहिलो गोल गर्न सफल भएका थिए । त्यसैगरी १० औं मिनेटमा नवलपरासी ११ कै खेलाडी जर्सी नम्बर ११ का  सुरज आलेले गरेको दास्रो गोल नवलपरासीका लागि निर्णायक गोल बन्न पुगेको थियो ।  खेलको पहिलो हाप सम्ममा खाता खोल्न समेत नसकेको मकनावपुर ११ ले दोस्रो हापको २७ औ मिनेटमा मकवानपुरका जर्सी नम्बर ११ का खेलाडी कृष्ण रुम्बाले १ गोलगरी खाता खोल्न सफल भएको थियो । आजको खेलमा नवलपरासी ११ का खेलाडी जर्सी नम्बर १४ का डेविड डोमर म्यान अफ द म्याच घोषित भएका छन् ।
  यसअघि ५ औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७६ को समुद्घाटन कार्यक्रम नव युवा क्लवका अध्यक्ष भिमकाजी गुरुङ्गको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरजशर्मा वस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।   उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले बर्दघाट नगरपालिकाले खेलाडीहरुको प्रोत्साहनका लागि सदैव सहयोग गर्ने बताउदै बर्दघाट नगरपालिकामा रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसैगरी सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले नव युवा क्लबले आयोजना गरेको प्रतियोगितालाई सफल पार्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया देवी पौडेल, बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, क्लबका पुर्व खेलाडी लिलकाजी गुरुंग, पुर्णमान गिरि प्रतिष्ठानकी सरक्षक श्रीमति भिमा देवी गिरि लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । क्लबका सस्थापक अध्यक्ष ईन्द्र बहादुर गुरुंगको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद सापकोटाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.