Jilla Ban Notis

५५ वर्षीय पुरुषद्धारा १२ वर्षकी बालिका बलत्कृत ,बलत्कारको बिरुद्धमा क्यान्डल मार्च पास

0 75

कृष्ण ढकाल
बर्दघाट,माघ–३०
बर्दघाट नगरपाकिा वडा नम्वर १३ मा ५५ वर्षीय एक ब्यक्तिले १२ वर्षकी बालिकालाई करणी गरेको आरोपमा उजुरी परेको छ । बालीका खेतमा घांसकाट्न गएको अवस्थामा ललाई–फकाई गर्दै डरधम्की देखाएर जवरजस्ती करणी गरेको भन्दै उजुरी परेको बर्दघाट ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
यहि माघ २८ गते भएको उक्त घट्नाको २९ गते प्रहरीमा उजुरी आएको र जबरजस्ती करणीउद्योगमा मुद्दा जाहेरी भएको बताईएको छ ।

यता
हिजो सांझ बर्दघाटमा बलत्कारको विरोध तथा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएकी बैतडी जिल्लाकी बालिका भागिरथी भट्टको आत्माको शान्ती र दोषीलाई पहिचान गरि कानुनि दायरामा ल्यउाएर कार्वाहि गर्न माग गर्दै बर्दघाटको त्रिवेणी चोक देखि बर्दघाट बजार सम्म क्यान्डल मार्च पास कर्यक्रम सम्पन्न् भएको छ ।
स्वत स्फुर्द जुटेको युवाहरुको जत्थाले सो कार्यक्रमको आयोजना गरेका थिए ।
र्याली पछि कोण सभामा परिर्णत भएको सभामा बोल्ने बक्ताहरुले कंचनपुर बलत्कार पछि हत्या गरिएकि निर्मला पन्त जस्तै फेरी बैतडी जिल्लाकी बालिका भागिरथी भट्टको पनि घट्ना भएको भन्दै यस्ता घटना दोहोरिन नदिन दोषिलाइ मृत्यु दण्डसम्मको सजाय दिन माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.