Jilla Ban Notis

३ महिने विद्यालयको झोला बनाउने तालिम सकियो ।

0 100

कृष्ण ढकाल
बर्दघाट,असार–२७

बर्दघाट नगरपालिका वडा नम्वर–४ बर्दघाटमा रहेको दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरेको ३ महिने विद्यालयको झोला बनाउने तालिमको सोमवार एक कार्यक्रमका विच समापन गरेको छ ।

गत चैत्र १४ गते निर्वतमान नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गरी शुरु भएको उक्त तालीमको सोमवार वर्तमान नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक कार्यक्रमका विच तालीमको औपचारीक समापन गर्नु भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले महिलाहरुको पहलमा महिलाहरुलाई नै दिगो रोजगारीको लक्षलिएर संचालन भएको तालीम आफैमा महत्वपूर्ण रहेको भन्दै आयोजक संस्थालाई धन्यवाद प्रकट गर्नु भएको थियो । त्यसैगरी नगर प्रमुख श्रेष्ठले सामुहीक उत्पादन र बजारीकरण गरी अघि बढ्न आग्रह पनि गर्नु भएको थियो ।

त्यसैगरी नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले महिलालाई आत्मनिर्भर बनाउनका लागि सिपमुलक तालिमको ब्यबस्था गरेकोमा निर्वतमान जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै नगर भित्र उत्पादन भएका बस्तुको प्रयोग गर्ने बानी बसाल्नका लागि नगरबासीमा आग्रह समेत गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष देवी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तालीममा सहभागि मेनका खनाल,प्रशिक्षक नारायण दर्जी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.