Jilla Ban Notis

१ करोड ४० लाख बराबरको कृषि औजारहरु कृषक समूह र सहकारीलाई बितरण

0 22

गौरीशंकर जयसवाल

परासी २९असार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाई पश्चिम नवलपरासीले आर्थिक आ.ब.०७६ ।०७७ मा कार्यालयबाट गरेको सेवा प्रवाह र कृषिकहरुलाई दिएको अनुदानबारे जानकारी गराएको छ ।  आज भुमहीमा परियोजनाको कार्यालयमा कार्यक्रम सम्बन्धी अन्तरक्रिया गोष्ठीमा आर्थिक आ.ब.०७६ ।०७७ मा कार्यालयबाट गरेको सेवा प्रवाह र कृषिकहरुलाई दिएको अनुदानबारे परियोजना कार्यन्वयन ईकाईका प्रमुख राकेश कुमार ओझाले जानकारी गराएका हुन । उनले ७० लाख बजेट कार्यालय र कृषक समूह र सहकारीको ५० प्रतिशत अर्थात ७०लाख लगानी गरी कुल १ करोड ४० लाख बराबरको अनुदानमा कृषक समूह र सहकारी कृषकको आवश्यकता अनुसार कृषि औजारहरु कृषकहरुलाई बितरण गरिएको बताए ।

५० प्रतिशत अनुदानमा ४२ समूह र सहकारीहरुलाई कृषि औजार बितरण गरिएको ओझाले जानकारी दिए । कार्यालयले सशप्रतिश अनुदानको कार्यक्रम संचालन भएको कार्यक्रम ५० प्रतिशत अनुदानमा कृषिहरुलाई औजारहरु दिएको उनले बताए ।  कृषक समूह र सहाकारीहरुलाई आवश्यकता अनुसार पम्पुसेट १,२ ३,र ४ थान पानी तन्ने मोटर १,२ थान दरले बितरण गरिएको प्रमुख ओझाले जानकारी दिए ।कस्टम हायरिङ्ग सेन्टर स्थापनाको लागि साना मेसिनरी उपकारण १ वटा कम्वाईन हार्भेष्टर ५प्रतिशतमा गोईनी कृषि समूहलाई दिएको परीयोजना कार्यान्वयन ईकाईका कृषि अधिकृत योगेन्द्र कादुले जानकारी दिए ।

यस्तै रोटाभेटर टेक्टर र हातेटे«क्टरहरु बितरण गरिएको परीयोजना कार्यान्वयन ईकाईका कृषि अधिकृत योगेन्द्र कादुले जानकारी दिए । पोष्ट हार्भेष्ट सेन्टर स्थापना सहयोग अन्र्तगत भोगडाहिन तथा बन्जारियन माई कृषि सहकारी संस्था.लि रामग्राम वडानं १८ बन्जरियालाई ढुवानी साधन टे«क्टर दिएको कादुले बताए । गोष्ठीमा सहकारी समूहर कृषक समूहहरुको प्रतिनीधीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.