Jilla Ban Notis

२ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

0 14

गौरीशंकर जयसवाल

परासी १५ पुस

नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट २ लाख ७५ हजार मुल्य बराबरको अबैध मालसामन पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै र नेपाल तर्फबाट भारततर्फ लैजादै गरेको पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट २ लाख ७५ हजार मुल्य बराबरको अबैध मालसामन पक्राउ गरेको हो ।

२३ हजार ३ सय मुल्य बराबरको लेडिज कुर्ता, कटनको पटुकी , चिनी, बिजुलीको चिम लगायतका बिभिन्न मालसामान र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अ २८ हजार मुल्य बराबरको ७ बोरामा ३५० केजी सेतो मटर प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गांउपालिका वडा नं.७ शंकरपुर स्थितबाट पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक एव सुचान अधिकारी राजुलामाले जानकारी दिए ।

उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।

यस्तै नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी २ लाख मुल्य बराबरको ३० बोरामा १५ क्वीन्टल मटर र ४५ बोरामा १० क्वीन्टल मुरली मकै साथै भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २४ हजार मुल्य बराबरको ८ बोरामा ४ क्वीन्टल चिनी प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं। ५ बसहियाबाट बरामद गरीएको लामाले बताए । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।

बरामद सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.