Jilla Ban Notis

२९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नवलपरासीमा पनि मनाइयो ।

0 69

बर्दघाट,मंसीर–१८
कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता” भन्ने राष्ट्रिय नाराका साथ अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पश्चिम नवलपरासीमा पनि मनाइएको छ ।
दिवसको अवसरमा बर्दघाट नगरपालिकाले फरकक्षमता भएकाहरुलाई प्रभाबितको घरमै पुगी न्यानो कम्बल प्रदान गरेको छ । कार्यक्रममा अपांगता परिचय पत्र वितरण स्थानीय समन्वय समिति संयोजक एंव नगर उपप्रमुख मायादेवी पौडेलले प्रत्येक वडाका २ जनाका दरले ३२ जनालाई न्यानो कम्बल वितरण गर्ने योजना अनुसार कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक होमनाथ रेग्मी, बर्दघाट नगरपालिका महिला बालबालिका अपांग तथा जेष्ठ नागरिक शाखा प्रमुख अप्सरा सुवेदी, नेत्रहीन संघ लुम्बिनीका महासचिव मनोज पंगेनी तथा कार्यपालिका सदस्य एंव वडाका जनप्रतिनिधि लगायतको सहभागिता थियो ।
दिवसको अवसरमा फरकक्षमता भएका ब्यक्तिहरुकै घरघरमा पुगेर जनप्रतिनिधिले कम्बल दिएका हुन । कम्बल पाएपछि फरकक्षमता भएका ब्यक्ति तथा अभिभावकहरु खुसी भएका थिए । सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।

Leave A Reply

Your email address will not be published.