Jilla Ban Notis

२५ औं जनयुद्ध दिवस बर्दघाटमा पनि मनाईयो ।

0 22

कृष्ण ढकाल
बर्दघाट,फागुन–१
२५ औं जनयुद्ध दिवसको अवसरमा दिब्य ज्योती बहुमुखि क्याम्पसको अनेरास्ववियू मुल ईकाई कमीटीले विद्यार्थीहरुलाई चक्लेट वितरण गर्नुका साथै क्याम्पसको लाईवेरीका लागि पुस्तक हस्त्रान्त्रण गरेको छ ।
अनेरास्ववियू का जिल्ला सहसंयोजक विशाल गिरीको नेतृत्वमा सो कार्यक्रम सम्पन्न् भएको बताईएको छ । दिब्य ज्योती बहुमुखि क्याम्पसका लागि हस्तान्त्रण गरीएको पुस्तक क्याम्पसका सह प्रध्यापकद्धय सागरमणी पाण्डे र दिपक खड्काले संयुक्त रुपमा बुझनु भएको थियो भने पुस्तक दिब्य ज्योती बहुमुखि क्याम्पसका पूर्व सभापति तथा नेकपा का जिल्ला सदस्य पृतम पौडेल र अनेरास्ववियू का जिल्ला सहसंयोजक विशाल गिरीले संयुक्त रुपमा हस्तान्त्रण गर्नु भएको थियो ।

यता २५ औं जनयुद्ध दिवसकै अवसरमा  सांझ ६ बजे बर्दघाट बजार चोकमा दिप प्रज्वलनगरी २५ औं जनयुद्ध दिवस मनाईएको छ । सो अवसरमा नेकपाका जिल्ला सदस्य रमेश बस्याल,अनेरास्ववियू का जिल्ला सह–संयोजक विशाल गिरी ,अनेरास्ववियू का  बर्दघाट नगर संयोजक सूर्यवंशी लगाएतले आ आफ्नो धारण राखेका थिए  । उनीहरुले जनयुद्धको मर्म बुझेर अघिबढ्न पार्टी पंतीलाई आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.