Jilla Ban Notis

१४ करोड ६८ लाखको लागतमा प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनिक भवन बनाउदै ।

0 39

कृष्ण ढकाल
बर्दघाट,फागुन–२०

नवलपरासीको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेकोे छ। १४ करोड ६८ लाख ४९ हजार १९९ रुपैयाँ लागत स्टीमेट रहेको उक्त प्रशासनिक भवनको आईतवार एक कार्यक्रमका विच गाउँपालिका अध्इक्ष उमेशचन्द्र यादवले शिलन्यास गर्नु भएको थियो

४० कोठा रहने ४ तले उक्त प्रशासनिक भवनको निमार्ण कार्य २ बर्षमा सम्पन्न् गर्ने गरी लोटस–देउतिबज्यै÷डि.सि.ब्युल्डर्स जेभी कोटेश्वरले निर्माणको जिम्मा लिएर सम्झौता गरेको गाउपालिका अध्यक्ष यादवले बताउनु भएको छ।

संघियता आएसंगै प्रतापपुर गाउपालिका भएको समयदेखि नै भाडाको भवनबाट आफ्नो प्रदान गरीरहेको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनिक भवन नहुदां मासिक रुपमा ७५ हजार घरभाडा वापत खर्च गर्दै आईरहेको छ ।
भाँडाको घरमा अफिस संचालन गर्दा दैनिक कामकाजमा समेत सहजता नहुने र सेवाग्राहीलाई समेत असहज भएको अध्यक्ष यादवले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.