Jilla Ban Notis

१२ दिने पुटिक विधि सहस्रचण्डी पाठ सम्पन्न ।

0 53

फूलकुमारी ढकाल
चैत्र २४
कोरोना सङ्क्रमण अन्त्यका लागी नेपाल महर्षि वैदिक फाउन्डेसन काठमान्डौं द्धारा चैत १३ देखी २४ सम्म १२ दिने पुटिक विधि सहस्रचण्डी पाठ सम्पन्न भएको छ । नेपालमा कोरोनाको सङ्क्रमणको त्रासलाई हटाएर ईमिन्यूटी पावर बढाउनका लागि आध्यात्मिक तथा धार्मिक विधि अनुसार उक्त १२ दिने पुटिक विधि सहस्रचण्डी पाठ गरिएको संस्थाका ध्यान शिक्षक  जीवन पौडेलले बताउनु भएको छ । विश्वभरका मानव समुदायमा शान्ति स्थापना गराउने सङ्कल्पले चैत्र नवरात्रका अवसरमा काडमाण्डौं ,बुटवल, चितवन, हेटौंडा, झापा, महेन्द्रनगर, सिन्धुली  लगाएतका विभिन्न ठाउँमा सहस्रचण्डी पाठ सम्पन्न गरिएको बताईएको छ ।  नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा भएको सहस्रचण्डीमा विभिन्न गुरुकुलका १ सय २१ वैदिक पण्डितहरुको सहभागिता रहेको र गुरुकुलमै बसेर पण्डितहरुले शरणगतदीनार्त नामक मन्त्रले पुटिक सहस्रचण्डी पाठ गरेको संस्थाका ध्यान शिक्षक  जीवन पौडेले गाउँले दर्पण अनलाइलाई जानकारी गराउनु भएको छ । पाठपारायण अनर्तगत चैत्र शुक्ल दशीका दिन हजार आवृत्ति पाठ पूरा गरी हवन समपन्न गरिएको थियो भने एकादशीका दिन नवार्ण मन्त्रजप, द्वादशीका दिन सिद्धिकुन्जिका स्तोत्रपाठ र त्रयोदशीका दिन पाठ,जप संख्याको दशांस हवन ,गहवनको दशांश त्रर्पण,दर्पणको दशांश मार्जन र मार्जनको दशाशं ब्राहमण भोजन समेत गराई सहर्ष चण्डीको विधिवत् पूर्णाहुति गरिएको  बताइएको छ । फाउन्डेसनले विश्व शान्तिको सङ्कल्प गर्दै २०७० साल माघदेखि गुरुकुलमा वैदिक रुद्राभिषेकसमेत गर्दै आएको छ । वैदिक रुद्राभिषेकमा देशभरका ९५ गुरुकुलका वटुक सहभागी रहेको  बताइएको छ

यता फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सामूहिक तथा सामाजिक चेतनालाई शान्त पार्न प्रकृतिको सरलता र शक्तिशाली क्षेत्रको नजिक पु¥याउन सबैले प्रत्येक दिन बिहान र बेलुकीमा भावातीत ध्यानको अभ्यास गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेपालभर अन्य प्रकारका ध्यानको अभ्यास गर्ने व्यक्तिका लागी पनि सोही समयमा आआफ्नो ध्यान, योग, साधना तथा प्रार्थनाको अभ्यास गरी राष्ट्रिय चेतनालाई सहसम्बद्ध बनाई रोग निरोधक शक्ति सञ्चय गर्दै मानसिक एवम् शारीरिक रुपले दृढ संकल्पित भएर फैलँदै गएको महामारीलाई निस्तेज गराउन सहकार्यका लागी सम्बन्धित सबैमा उहाँले अनुरोध समेत गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.