Jilla Ban Notis

होली एन्जलस ईङ्गलीस बोडीङ्ग स्कुलको २३औं वार्षीक अभिभावक भेला तथा विद्यार्थीहरुको क्षमता प्रर्दशन कार्यक्रम सम्पन्न ।

0 20

कृष्ण ढकाल
बर्दघाट,फागुन–२
बर्दघाट–१ माकरमा रहेको होली एन्जलस ईङ्गलीस बोडीङ्ग स्कूलले आफ्नो २३औं वार्षीक अभिभावक भेला तथा विद्यार्थीहरुको क्षमता प्रर्दशन कार्यक्रम सम्पन्न् गरेको छ । शुक्रवार विद्यालय परिसरमा आयोजीत उक्त कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल खड्काको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं.१ का वडाध्यक्ष मोतीलाल सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । सो अवसरमा वोल्दै प्रमुख अतिथि सुनारले माकरक्षेत्रमा मात्र नभै सिङ्गो वडा नं.१ र आसपासका वडाहरुको समेत नमुना विद्यालयका रुपमा स्थापीत भएको विद्यालय होली एन्जलस ईङ्गलीस बोडीङ्ग स्कूलले समय सापेक्ष आफुलाई अघि बढाउदै विद्यार्थीहरुको पठन पाठन र अतिरिक्त क्रियाकलापहरुमा समेत अब्बल बनाउन सफल भएको धारण राख्नु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सीपल गुरुदत्त पौडेलले अभिभावकहरुको माया , सद्भाव र सुझावका कारणले गर्दा विद्यार्थीहरुलाई सहि शिक्षा दिन सफल भएको बताउनु भएको थियो । त्यसैगरी उहांले अहिले सरकारी नितिका कारण संस्थागत विद्यालयहरु समस्यामा रहेर पनि शिक्षक कर्मचारीहरुको हकमा कार्यगर्ने गरी अघिबढेको बताउदै समाज समृद्धिका लागि शिक्षाक्षेत्रवाट सहयोग गर्नैका लागि आफु लागी परेको बताउनु भयो । त्यसैगरी विद्यार्थीहरुको भविष्यका लागि अभिभावकहरुले पनि घरमा केयर गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नंम्वर ७ का वडाध्यक्ष धुव्र थारु, जिमिरेभार बजार विकास समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी नरेन्द्र थापा,मनकामना वोडीङ् स्कुलका प्रिन्सीपल हरि पौडेल लगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा विद्यालयका ४७ वटा एकल तथा समुहगत प्रस्तुतीहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक प्रेम अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.