Jilla Ban Notis

हैन भने उँधै सलल…..गुरुदत्त ज्ञवाली

0 25

यता बाढी पैरो आछ लास माथि लास
कोरोनाको महामारी त्रास माथि त्रास
विकासको गति त्यसै रोकिएकै थियो
भ्रष्टाचारको माछापुछ्रे चुलिएकै थियो …
चुलिएको थियो……….

राजनीति कचिङ्गल थपिएको घाँडो
सधै आधा लोटा मात्रै कस्तो रैछ भाँडो
जनताकै लागि भन्छन् जनता झन् भोका
डाडु पन्यु हातमा हुने भरेकै छन् डोका…
भरेकै छन् डोका…..

आज वार्ता हुन्छ अरे आज हुन्न अरे
कुरो मिल्ला मिल्ला जस्तो धेरै आज टरे
तराजुको काँटा सधै कैले माथि तल
गाँठी कुरो कता कता छल माथि छल….
छल माथि छल……..

हो हो भन्ने कुरा भए हो नै हुनु पर्ने
होइन भन्नु पर्ने भए किन भाका सर्ने
भँड्खारामा गयो देश अझै जाक्किने भो
पीडा माथि पीडा भयो घाउ पाक्किने भो….
घाउ पाक्किने भो……

जन्ता नामको मन्त्र जप्ने बनाउने दास
यस्तै चाला हो भने त छैन तिम्रो आस
अलि अलि आशा हुँदा हुन्छ कि झैँ लाग्छ
भ्वाङ् परेको आशा अब पर पर भाग्छ….
पर पर भाग्छ……
हो हो…, हो भने हो भन… हैन भने उँधै सलल…..
उँधै सलल……
उँधै सलल………।

लेखक ः गुरुदत्त ज्ञवाली साहित्यकार,पत्रकार,निबन्धकार तथा समालोचक हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.