Jilla Ban Notis

हुलाकी सडक कालोपत्रे गर्ने काम समयमा सम्पन्न नगरे ठेकेदारलाई कालो सूचीमा राख्ने चेतावनी मन्त्री चौधरी ।

0 22

गौरीशंकर जयसवाल

परासी ७ माघ

प्रदेश नं ५का भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले परासीदेखि नारायणचोक सम्मको हुलाकी सडक कालोपत्रे गर्ने काम समयमा सम्पन्न नगरे ठेकेदारलाई कालो सूचीमा राख्ने चेतावनी दिएका छन । उनले हुलाकी सडक समयमा निमार्ण सम्पन्न गराउन जिम्मा प्रदेश सरकारको निगरानी लिएको बताए । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ पिपरामा आजदेखि शुरु भएको गाउँस्तरीय भलिवल तथा सांस्कृृतिक कार्यक्रमको उद्घाटन गदै मन्त्री चौधरीले प्रदेश सरकारले भौतिक पूर्वाधार बिकास निमार्ण संगै समाज परिर्वतन गर्ने लैजाने योजनाको साथ काम गरि गरिहेको बताए । मन्त्री चौधरीले दशबर्षभित्र नेपालमा बिकासको हिसाबले फड्कोे मर्न दाबी गरे । प्रदेश नं ५का सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले यस क्षेत्रका सबै जनतालाई खानेपानीमा पहुचँ पुयाउने प्रदेश सरकार लक्ष्य साथ काम गरिरहेको भन्दै पश्चिम नवलपरासीका सबै जनतालाई खानेपानीमा पहुचँ पुयाउने जिल्लाका बिभिन्न ठाउँ खानेपानाी टयाकी निमार्ण कार्य भैरहेको बताए । नवविहानी यूवा क्लव पिपराको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन क्लवका अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा सरावल–३ का वडाध्यक्ष अणेन्द्रनाथ राय, पूर्व राष्ट्रिय खेलाडि मोहन चौधरी, अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरे लगायतले शुभकामना व्यक्त गरेको क्लवका मनोज कण्डेलले जानकारी दिए ।

जिल्लाका ३२ टिमको सहभागिता रहेको भलिवल प्रतियोगिता माघ ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु २५ हजार, द्धितियलाई रु १६ हजार, तृतीयलाई रु ८ हजार र सान्त्वनालाई रु ४ हजार ५ सय तथा उत्कृष्ट घोषित हुने खेलाडिलाई रु एक हजार पाँच सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.