Jilla Ban Notis

हाम्रो सुपर सहकारी संस्था चिसापानीले प्रोब्याब्सन ब्रान्ड प्राप्त गर्यो ।

0 12

कृष्ण ढकाल
बर्दघाट,मंसीर–६
बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको हाम्रो सुपर सहकारी संस्थाले प्रोब्याब्सन ब्रान्ड प्राप्त गर्न सफल भएको छ । बर्दघाट–२ चिसापानीमा केन्द्रीय कार्यालय स्थापना गरी जिमिरेभार र भटौलीया क्ष्ँेत्रवाट सेवाकेन्द्र स्थापना गरी आफ्नो सेवा प्रवाह गरी रहेको हाम्रो सुपर सहकारी संस्थाले यसवर्ष प्रोब्याब्सन ब्रान्ड प्राप्त गर्न सफल भएको हो ।

समाजमा बचत गर्ने बानीको विकास गर्दै छरिएर रहेको सानोऽ–सानो रकमलाई एकतृत गरी सहकारी निति र विधिअनुसार आफ्नो सेवा प्रवाह गरेको र हाम्रो सुपर सहकारी संस्थाल आफ्नो ब्यवस्थापकिय पक्ष र आर्थिक पक्षलाई मजबुद गर्दै प्रोब्याब्सन ब्रान्ड प्राप्त गर्न सफल भएको संस्थाकी अध्यक्ष माया देवि पौडेलले जानकारी दिनु भयो ।

संस्था स्थापनासंगै निति,विधि र प्रविधि मैत्री हुदै सेवामुखी र समाज प्रतिको जनउत्तरदायि बन्दै अघिबढेका कारणले आफ्नो संस्थाले प्रोब्याब्सन ब्रान्ड प्राप्त गर्न सफल भएको संस्थाका ब्यवस्थापक विष्णु वस्नेतले बताउनु भएको छ ।
उहांले संस्थाले लिएको लक्ष्य पुरागर्नका लागि अझै मिहनत गर्न वांकी रहेको बताउदै अलिहे प्रोब्याब्सन ब्रान्ड प्राप्त गर्न सहयोग गर्नुहुने संस्थाका संचालक समिति , लेखा समिति , उप समिति, सल्लाहकार,शेयर सदस्य लगाएत सम्पूर्णलाई हार्दिक आभार एंव धन्यवाद समेत ज्ञापन गर्न चाहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.