Jilla Ban Notis

हरकट्टामा संचालीत साताब्यापी गाउं सरसफाई कार्यक्रम २०७७ सम्पन्न् ।

0 46

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१३
नवलपरासीको सुनवल–१२ हरकट्टाका संघ–संस्थाहरुले सामुहिक रुपमा साताब्यापी गाउं सरसफाई कार्यक्रम २०७७ सम्पन्न् गरेका छन् । गत कार्तिक ७ गतेवाट शुरु भएको गाउं सरसफाई कार्यक्रम २०७७ आज सम्पन्न् भएको छ ।
लुम्बिनी सुनवल बचत तथा ऋण सहकारीसंस्था,अंधेरी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति,हरकट्टा देवि बचत तथा ऋण सहकारी संस्था,तरुण दल लगाएतको डस्विन खरीदमा सहयोग गरेका थिए । सगरमाथा युथ क्लवको आयोजनामा संचालन भएको सरसफाई अभियानका क्रममा सडक तथा सार्वजनिक स्थलहरुको सफाई गरीएको थियो । सोक्रममा २६ वटा फोहर संकलनका लागि चोक चोकमा डस्बिनहरु राख्नका लागि हस्तान्त्रण गरीएको अंधेरी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भएको छ ।

ज्योती महिला कल्याण केन्द्र,लक्ष्मी आमा समुह,त्रिशक्ति आमा समुह,शिवशक्ति कृषि महिला समुह र कालिका देवि कृषक समुहले सो अभियानमा सहयोग गरेका थिए । कार्तिक ७ गते भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी सुनवल साकोसका अध्यक्ष लेखनाथ खरेल र बिशेष अथितिमाअंधेरी खोला खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यष राजकुमार श्रेष्ठ रहनु भएको थियो भने कार्यक्रमको संचालन टंक सुवेदीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.