Jilla Ban Notis

हत्याका दोषीलाई कारवाहीगर्न संयुक्त दलित अधिकार सघर्ष समितीको माग ।

0 31

गौरीशंकर जयसवाल
परासी,भदौ–१५
रौतहट जिल्ला, गरुडा नगरपालिका–८ निवासी २० वर्षीय विजय राम चमारको हत्याका दोषीलाई कारवाही गर्नुपर्ने पश्चिम नवलपरासीमा बिभिन्न दलित संगठनहरुले सरकारसंग माग गरेका छन । पश्चिम नवलपरासीमा संयुक्त दलित अधिकार संघर्ष समितीले घट्नमा संग्लन दोषीलाई हदसम्मको कर्वाही गर्न प्रमुख जिल्ला अधिकारी सागरमाणि पाठकमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

निरञ्जन रामको हत्या घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि भनी अपराध कबुल गराउन मरणासन्न हुनेगरी कुटपिट गर्दा विजयको मृत्यु भएको जनाउँदै दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरिएको संयुक्त दलित अधिकार संघर्ष समितीका अध्यक्ष राजु हरिजनले बताए ।प्रहरी हिरासतमा भएको अमानवीय घटना स्वयं प्रहरीको चरम यातनाबाट भएको भन्ने बुझिएको हुनाले उक्त घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कारवाहीको लागि जोडदार माग गर्दछौं’, ज्ञापनपत्रमा उल्लेख छ ।
दलित माथि हुने बिभेद अन्त्य गर्न दलितमाथि हुने सबै खाले हत्या हिन्सा उत्पीडनहरुलाई अन्त्य गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै निञ्रजन रामको हत्या सोही क्रममा बिजय रामको हत्या घटनाको मुख्य आपराधी सच नर्सरीका संचालक र तिनका भाई र बुवा समेत डिएसपी महतो साथै कुटपिट संग्लन प्रहरीलाई अबिलम्ब कर्वाही गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.