Jilla Ban Notis

स्मार्ट रिफ्रेस सेन्टर निमार्णका लागि तत्काल पहल गर्ने सर्वदलिए निर्णय ।

0 50

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१
बर्दघाट नगरपालिका वडा नं. ४ मा निमार्ण गर्ने भनिएको स्मार्ट रिफ्रेस सेन्टरका लागि जग्गा प्राप्ती गर्ने विषयमा आज बर्दघाट नगरपालिकामा स्थानिय सर्वदलिय बैठक सम्पन्न् भएको छ । विहान ८ बजे भएको उक्त सर्वदलिय बैठक बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको अध्यक्षता र प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीको आतिथ्यतामा सम्पन्न् भएको थियो । नगरका सबै स्थानिय राजनितिक दलका प्रतिनिधिहरु सहित जिल्ला वन सव डिभिजन कार्यलयका प्रमुख अजित कुमार कर्ण,पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी लगाएत सरोकारवालाहरुको उपस्थितीमा उक्त बैठक सम्पन्न् भएको थियो ।


बैठकले स्मार्ट रिफ्रेस सेन्टर निमाणर््ा गर्न जग्गा प्राप्तीका लागि आवश्यक प्रक्रिया पुराएर सम्वन्धित निकायमा तत्काल पहल गर्ने निर्णय गरेको छ । त्यसैगरी रिफ्रेस सेन्टर निमार्ण पछि प्रदेश सरकारको आफ्नो निश्चित कार्यक्रम वाहेकको अन्य कार्यक्रमवाट प्राप्त हुने आम्दानीलाई वन विकासमा खर्च गर्न पारिजात सामुदायिक वनको कोषमा जम्मा गरी नगरपालिका र वन कार्यालयसंग समन्वयगरी वन विकासका कार्यायोजना वनाई खर्च गर्ने निर्णय समेत गरेको छ ।


प्रदेश नं.५को पुर्विद्धारमा स्मार्ट शौचालय बनाउने गरी प्रदेश सरकारले १६ करोड रकम विनियोजन गरेसंगै बर्दघाट नगरपालिकाले त्यसका लागि जग्गाको माग गर्दै यस अघि पारिजात सामुदायिक वनसंग जग्गा माग्न पुगेको थियो । नगरपालिकाको मागलाई मध्येनजर गर्दै नगरको गौरवको आयोजना भएकाले पारिजात सामुदायिक वनले बर्दघाट नगरपालिकाको माग पत्रअनुसार पारीजात सामुदायिक वन उपभोक्ता समुहले आफ्नो २१औं वार्षीक साधरण सभा तथा अधिवेसनवाट स्मार्ट शौचालय बनाउन वन ऐन २०७६ विपरीत नहुने गरी सिफारीस दिने निर्णय गरेको थियो । सोहीे अनुसार यहि फागुनको दोस्रो हप्तामा बसेको कार्यसमितिको वैठकको निर्णयले वन ऐन २०७६ विपरीत नहुने गरी प्रक्रिया अघिबढाउनका लागि सिफारीस दिएको थियो । यता बर्दघाट सरावल डिभिजन वन कार्यलय बर्दघाटले आफुलाई प्राप्त भएको पत्रका आधारमा आफुले वन ऐन २०७६को दफा ४२ बमोजिम प्रक्रिया पुराएरमात्र वनक्षेत्रमा भौतिक निमार्ण कार्य गर्न पाईने भएकाले सोही अनुसार गर्न गराउन अनुरोध गरी नगरपालिकालाई पत्राचार काटेपछि बर्दघाट नगरपालिकाले शनिवार स्थानिय सर्वदलिय बैठक आवाहन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.