Jilla Ban Notis

स्थानीय सरकार नागरिकको घरदैलोको सरकारको रुपमा स्थापित भएको छ ः मुख्यमन्त्री पोखरेल

0 26
रुपन्देही,असोज–३
संविधान दिवसका अवसरमा आज आयोजित औपचारिक समारोह कोभिड १९ को महामारीलाई ख्याल गर्दै व्यक्तिगत दुरी कायम गरी मनाइएको छ । समारोहलाई सम्बोधन गर्दै मुख्यममन्त्री शंकर पोखरेलले कार्यान्वयन हुँदै जाँदा संविधान सर्वस्वीकार्य भएको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनसगैं प्रदेश सरकार छोटो अवधिमै देखिने र सुनिने अवस्थामा आइपुगेको, महामारीका बेला प्रदेश सरकारले औचित्य पुष्टि गरेको, स्थानीय सरकार नागरिकको घरदैलोको सरकारको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले जनआकांक्षा पूरा गर्न तहगत सरकारहरुले गरेका कामको नतिजा देखिन लागेको र अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । समारोहको अध्यक्षता आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गर्नुभयो ।
     
https://www.youtube.com/watch?v=Vu2gPLa-ow8

Leave A Reply

Your email address will not be published.