Jilla Ban Notis

स्थानीय तहमा भएका बिकृति बिसंगतिको भण्डाफोर गर्न नेकपा (क्रान्तिकारी माओवादी) ले गर्यो नेता कार्यकर्तालाई निर्देशन ।

0 32

बर्दघाट,असार –८
नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले कोरोना संक्रमणका बेला स्थानीय तहमा भएका बिकृति बिसंगतिको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन गरेको छ ।
बर्दघाटमा सोमवार भएको बैठकले सातैवटा स्थानीय तहमा भएका अनियमितता भष्ट्रचार तथा ब्याप्त मंहगी एंव कालोबजारीका बिरुद्ध भण्डाफोर गर्न निर्देशन गरेको हो । त्यस्तै बैठकले स्थानीय तहमा हुने सर्बदलीय बैठकमा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चालाई उपेक्षा गरिएको ठहर गरेको छ । स्थानीयतहले गरेको उपेक्षा सम्बन्धमा स्थानीय तहको ध्यानाकर्षण गर्ने समेत निर्णय भएको जिल्ला सेक्रेटरी चोलाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले स्थानीय तहमा कोरोना संक्रमणको बेला पीसीआर परिक्षणलाई तीब्रता दिन माग गरेको छ ।
बैठकमा राष्ट्रिय स्वाधीनतको आन्दोलन , एमसीसी खारेजीको आन्दोलन रुकुम घटनाको बिरुद्धको आन्दोलन र संघसंस्थामा प्रतिनिधित्व गर्ने पार्टी कार्यकर्ताहरुका काम
जिल्ला सेक्रेटरी चोलाको अध्यक्षतामा भएको बैठकमा प्रदेश सदस्य समर जिल्ला सचिवालय सदस्य न्युक्लियस, क्रान्ति जिल्ला सदस्यहरु बसन्त , युगल,बासुदेव र आकाशले धारणा राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.