Jilla Ban Notis

स्थानिय तहले आधारभुत स्वास्थ्य सेवा निःशुल्क दिनु पर्छ ।

0 57

कृष्ण ढकाल
बर्दघाट,साउन–१५
बर्दघाट नगरपालिकाको आयोजना ईन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा स्थानिय तहमा स्वास्थ्य सम्वन्धि अभिमुखिकरण,योजना तर्जुमा,छलफल तथा जेसी सचेतीकरण कार्यक्रम आज देखि शुरु भएको छ ।

दुई दिन सम्म संचालन हुने उक्त कार्यक्रममा बर्दघाट नगरका सबै जनप्रतिनिधिहरु ,कार्यपालिका सदस्यहरु ,शाखा प्रमुख कर्मचारी तथा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा डा.उमाशंकर चौधरीले स्वास्थ्य विकासको आधार अन्र्तगत रहेर स्वास्थ्यका आयाम तथा निर्धारकहरु,स्वास्थ्य प्रणाली र स्वास्थ्य क्ष्ँेत्रमा विकासको मुद्दा तथा लगानी ले पार्ने प्रभावका वारेमा सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरी शैलेन्द्र पाण्डेले स्वास्थ्यका संवैद्यानिक ब्यावस्थाका वारेमा केन्द्रित रहेर सहजीकरण गर्नु भएको थियो । जस्मा स्थानिय तहको स्वास्थ्य सम्वन्धि अधिकार,वडा समितिको काम,कर्तब्य र अधिकारका वारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै बर्दघाट नगरपालिकाका जनस्वास्थ्य अधिकृत गोपाल पाण्डेले बर्दघाट नगरको समग्र स्वास्थ्य अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम भोली अर्थात सोमवार सम्म संचालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा नगरका नागरवासीहरुलाई कसरी निःशुल्क रुपमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ? अहिले वडा र नगरका जनप्रतिनिधिहरुले आधारभुत स्वास्थ्य सेवा निःशुल्क दिन सकेका छन वा छैनन् ? आगामि दिनमा के गर्न सकिन्छ ? नगरको स्वास्थ्य अवस्था के छ ? संघ,प्रदेश र स्थानिय सरकारको स्वास्थ्य निति तथा ऐन कानुनले के भन्छ ? जनप्रतिधिहरुको स्वास्थ्य प्रतिको चेतना स्तर के छ ? लगाएतका सवालमा जानकारी गराईएको थियो ।

 

Leave A Reply

Your email address will not be published.