Jilla Ban Notis

स्थानिय तहमा पर्यटन प्रवर्धन गर्न सुनवल नगरपालिकामा नगस्तरीय समिति गठन ।

0 28

दिपक खनाल
सुनवल,पुस
नेपाल भ्रमण बर्ष २०२० का अवसरमा स्थानिय तहमा पर्यटन प्रवर्धन, प्रचार–प्रसार र पर्यटकिय क्षेत्रको सम्भावना एकिन गर्न सुनवल नगरपालिकामा पनि पर्यटन प्रवर्धन समिति गठन गरिएको छ । नगरप्रमुख भिमबहादुर थापा( भरत )को अध्यक्षतामा ११ सदस्यिय पर्यटन प्रवर्धन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा वडाध्यक्षको तर्फबाट सुनवल वडा नं ३ का वडाध्यक्ष एवं आर्थिक समिति संयोजक कर्ण बहादुर शेन, पर्यटन क्षेत्रमा बिशेष योगदान पुराउने व्यक्तिहरुबाट कृष्ण प्रसाद लामिछाने, बिमला अर्याल, नरपति पाण्डे, लोक बहादुर श्रेष्ठ, सोनि राना रहनुभएको छ । यसैगरि स्थानिय उद्योग व्यवसायीबाट उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, होटल तथा ट्राभल व्यवसायीबाट कृष्ण श्रेष्ठ, पत्रकारको तर्फबाट रेडियो सुनवलका पत्रकार दिपक खनाल र सदस्य सचिवमा नगरपालिकाका प्रशासकिय प्रमुख रामलाल श्रेष्ठ रहनुभएको छ ।
नगस्तरीय समिति गठनका अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५का बरिष्ठ उपाध्यक्ष उमानाथ पोखरेल,जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य थान प्रसाद गैरे ,नेपाली कांगे्रसका कार्यवाहक जिल्ला सभापति अर्जुन कुमार पोखरेल लगायतले सहभागिता रहेकोे थियो ।
कार्यक्रममा अध्यक्ष एवं सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले सन् २०२०मा नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यलाई पुरा गर्न स्थानिय तहले भरपुर सहयोग गर्ने बताउनुभयो । नगरपालिकाका ५ वटा पिल्लर मध्ये पर्यटन दोस्रो नम्मरमा रहेकोले पर्यटन बर्ष मनाईरहदा स्थानिय निकायमा भएका सम्भावनाहरुको प्रचार–प्रसार गर्ने बताउनुभयो। साथै सुनवलमा रहेका उत्तरायण, बुद्धका पबित्र भुमिहरु बबा बर्दगोरिया, तर्गौ्लि ताल, महलपोखरी, सोमनाथ बाबा, कृष्णधाम, मामेसति सवरिया, लगायतका स्थानको प्रचार प्रसार गरि बिश्वसामु पुराउने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाले हालै मात्र आफु र उपप्रमुख दधिराम अर्यालको संयुक्त भेटमा पतन्जलिका योग गुरु बालकृष्ण आचार्य महाराजसंग सुनवल नगरपालिकामा आचार्य गुरुकुलम वा गुरुकुलम स्थापना , गौशाला, पतन्जलिका सामानहरु, सुनवलबाट पनि उत्पादन गर्न गरेको आग्रहमा बालकृष्ण महाराजले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिदै उक्त कार्यको लागि जग्गा पनि प्राप्त भइसकेको बताउनुभयो । जसले गर्दा रोजगारीको सिर्जना भई समृद्ध सुनवल निर्माणमा महत्वपुर्ण योगदान रहने जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योगीव्यवसायि, बिभिन्न राजनैतिक दल, संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन सुनवल नगरपालिकाको योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.