Jilla Ban Notis

सोमनाथ महादेव मन्दिर तथा सतविज रोपण धार्मिक क्षेत्र धाम सरावल १ नयाटोल बासाबसही रजहरी धाममा विहानै देखी सतविज छर्नेहरुको घुइचो

0 21

रामु भुषाल
बर्दघाट,मंसीर–९

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पश्चिम नवलपरासी सहित देशभरका शिवालयमा शतबीज छर्नेको घुँइचो लागेको थियो ।  यसैबीच, सोमनाथ महादेव मन्दिर तथा सतविज रोपण धार्मिक क्षेत्र धाम सरावल १ नयाटोल बासाबसही रजहरी धाममा विहानै देखी सतविज छर्नेहरुको घुइचो लागेको थियो । उक्त मन्दिर परिसरमा करिब ३ हजार बढी भक्तजनहरुले सतविज छरेको धाम विकास समितिका अध्यक्ष गोकुल मणि भण्डारीले जानकारी दिनुभएको छ । धार्मिक वन क्षेत्रभित्र पर्ने करिब १ विघा क्षेत्रफलमा रहेको उक्त धाम परिसरमा दुर्गा मन्दिर, महादेवको मन्दिर, पिकनिक स्र्पोट लागएत रमणिय स्थलका साथ उक्त परिसर भित्र विभिन्न फलफ्ुल, जडिबुटी लगाएतका बोटहरु रहेको र धामलाई छिट्टै नै धार्मिक पर्यटकिय स्थल बनाउन गुरु योजना तयार गरि कार्य अगाडी बढाइएको धाम विकास समितिका सचिव मिन प्रसाद भट्राईले बताउनुभयो ।सो धाम पछिल्लो समय निकै आकर्षणको रुपमा विकास हुदै गएको हुदा विभिन्न स्थानियहरु लगाएत स्थानिय सरकारको हयोगबाट धाम परिसरमा विभिन्न पुर्वाधारहरु तयार गरिएको सो स्थानमा धार्मिक पर्वहरुका बेला नवरात्र, शिवपुजा, प्रत्येक सोमबार र श्रावणी मेलामा पुजापाठ, भजन किर्तन हुदै आएको मन्दिर पुजारी टेम प्रसाद गैरेले बताउनुभएको छ । बाला चतुदर्शीका अवसर पारि सोमबार पश्चिम नवलपरासीका सात वटै स्थानयि तहमा रहेका शिवलाय मन्दिर तथा शक्तिपिठहरु लगाएत देशभरि नै सतबिज छर्ने कार्य सुसमपन्न गरिएको छ । आइतबार रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका हुन । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी मकै, गहुँ, हलेदो, जौ, कागुनो लगायत अन्न शतबीजका रुपमा छर्ने गर्दछन । त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । शिवालय मन्दिर लगायत देशभरका शक्तिपिठहरुमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरेका छन । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

Leave A Reply

Your email address will not be published.