Jilla Ban Notis

सोमनाथबाबा क्यापसद्धारा वि.वि एस ४ बर्षे बिद्यार्थीहरुलाई विदाई ।

0 24

रमेश भुसाल

सुनवल,माघ १४

पश्चिम नवलपरासी सुनवल १ स्थित सोमनाथ वावा क्यापसले वि.वि एस ४ बर्षे व्दिार्थीहरुलाई विद्याई गरेको छ । ४ बर्षे व्यवस्थापन तर्फको अन्तिम परिक्षा दिएका विद्यार्थीहरुलाई विद्याई गर्दै थप शैक्षिक सफलताको शुभकामना दिएको क्याम्पसले जनाएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र पौडेलले विदाई कार्यक्रममा सरिक विद्यार्थीहरुलाई थप शैक्षिक सफलताको कामना गर्दै संस्थालाई राम्रो बनाउन आफु कटिवद्ध रुपले लागि पर्ने र यसमा विद्यार्थी, शिक्षक र समाजको समेत अपरिहार्य भुमिका रहने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा क्यम्पस प्रमुख थमन शेरचनले नयाँ व्यवस्थापनका साथ गत बर्ष स्थगित भएका वि.वि.एस कक्षा हरु संचालन गर्ने जानकारी गराउनुभयो । विदाई कार्यक्रममा निर्वतमान क्याम्पस प्रमुख शंकर प्रसाद गौतम, क्याम्पस संचालक समिति सदस्य थिरलाल शर्मा, प्रध्यापक नरेश्वर पौडेल, खगराज उपाध्याय लगाएतले शुभकामना मनतब्य राख्दै विद्यार्थीहरुको आगामि शैक्षिक सफलताका कामना गर्नुभएको थियो ।

कार्यक्रममा संचालक समिति सदस्य ईश्वरी भण्डारी, सदस्य सचिव सुर्वणराज उपाध्याय, सोमनाथ माध्यामिक विद्यालयका प्रअ रेश्मिराज भट्राई, प्रध्यापकहरु विकास आर्चाय , सोमन्त खनाल निर्वतमा वि.वि.एस संयोजक गिता पौडेल निर्वतमान विद्यालयका प्रअ विनोद पौडेल लगाएतको उपस्थिति रहेको थियो । विदाई कार्यक्रममा वि.वि.एस अध्यायन पुरा गरेका विद्यार्थीहरुले पनि प्रध्यापन गराएका प्रध्यापकहरुलाई सम्मान गरेका थिए । जसलाई विद्यार्थी अनुप न्यौपाने लगाएतको समुहले सहजीकरण गरेका थियो ।

Leave A Reply

Your email address will not be published.