Jilla Ban Notis

सूर्यनगर गोल्डकपको समापनगर्न भोली मन्त्री चौधरी आउने ।

0 26
मुक्ती तिवारी
बर्दघाट,फाल्गुन ६
      नवयुवा क्लब बर्दघाट १६ को आयोजना एवम बर्दघाट नगरपालिकाको संरक्षकत्वमा माघ २५ गते बाट संचालित पश्चिम् नवलपरासीकै सर्वाधिक पुरस्कार राशी भएको सुर्यनगर गोल्डकप यहि फाल्गुन ७ गते बुधबार समापन हुदै छ।
 प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरिको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन हुने नवयुवा क्लब का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनु भयो।  माघ २५ गते एक कार्यक्रमका बिच बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो।बुधबार  हुने फाईनल खेल नवलपरासी ११ र बागमती युथ सर्लाही बिच हुने छ। समापन कार्यक्रममा प्रथम र द्वितीय हुने टिमलाई पुरस्कार बितरण गरिनुका साथै खेलाडीहरु,प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग पुर्याउने सम्पुर्ण सहयोगी दाताहरु,स्थानिय समाजसेवी लगायतलाई सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिनु भयो।

Leave A Reply

Your email address will not be published.