Jilla Ban Notis

सुस्ता ५ बेलवानीमा सवारी दुर्घटना दुई जना घाईते ।

0 14

सहबान अन्सारी
प्रतापपुर,साउन–३
नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ बेलवानीमा आज सवारी दुर्घटना हुदाँ दुई जना घाईते भएका छन। बेलवानीको भित्री सडकखण्ड अन्तर्गत पुर्वबाट पश्चिम तर्फ जादै गरेको यु।पी।५७ए बी ८७४० नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको अर्को यु।पी।५६ एफ ३१५२ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ सुस्ता गाऊपालिका वडा ५ मियाँटोली बस्ने अन्दाजी ९२४० बर्षिय समिम मियाँ गम्भिर घाईते भएका छन ।यसै गरी अर्को चालक सोही गाउँपालिका वडा नं। ५ रामनगर बस्ने ९२२० बर्षिय बसन्त कोईरी घाईते भएका छन।

दुर्घटनामा परि घाईतेलाई थप उपचारको लागी सहिद स्मृति सामुदायीक अस्पताल चौपत्ता पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले बताए। दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.