Jilla Ban Notis

सुस्ता ३ सेखुअनवामा बस दुर्घटना ५ जना घाईते ।

0 62

सहबान अन्सारी

सुस्ता,चैत्र ८
नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ३ सेखुअनवामा बस दुर्घटना हुदाँ  ५ जना  घाईते भएका छन ।  आज दिउँसो त्रिबेणी देखी बर्दघाट जादै गरेको लु २ ख १२७ नम्बरको मिनी बसले सेखुअनवा स्थित पुलको डिलमा अनियन्त्रित भई ठोकिन पुग्दा  सुनवल नगरपालिका वडा नं ८ पिपल डाँडा बस्ने ४५ बर्षिय चन्द्रावती हरिजन र सोही ठाँउ बस्ने केसरी हरिजन गम्भिर घाईते भएका छन घाईतेलाई थप उपचारको लागी प्रदेशिक अस्पताल बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । त्यस्तै बिनयी त्रिबेणी गाँउपालिका वडा नं ७ बस्ने ४३ बर्षिय राम माया थापा,प्रतापपुर गाँउपालिका वडा नं १ बस्ने ७० बर्षिय बासमती थारु र सोही ठाँउ बस्ने चुडामणी थारु समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.