Jilla Ban Notis

सुस्ता –१, छिवनीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

0 40

माघ–१४
सुस्ता गांऊपालिका –१, छिवनीमा मंगलवार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शहिद स्मृति सामुदायिक अस्पतालका अध्याक्ष निमानन्द न्यौपानेको अध्यक्षता र सुस्ता गांऊपालिका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमको आयोजानगरी उक्त शिविरको शुभारम्भ गरीएको थियो । बर्दघाट–१४,चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालको आयोजना र लायन्स क्लब नवलपरासी दाउन्नेको सह–आयोजनामा मंगलबार छिवनीमा शिविर सम्पन्न भएको हो ।  निःशुल्क स्वास्थ्य चेकजांच गर्ने गरी आयोजनागरीएको सो  शिवरमा २ सय ८१ जना स्थानियवासीहरुले आफ्नो स्वास्थ्यको चेकचांज गराएका थिए । शिवरमा आएका सामान्य विरामीहरुका लागि निःशुल्क औषधी समेत वितरण गरिएको लायन्स क्लब नवलपरासी दाउन्नेका निर्वमान अध्यक्ष युवराज डुम्रेले जानकारी दिनु भएको छ ।  स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न् गर्नका लागि स्थानिय संघ सस्था र आमा समुहले समेत सहयोग गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.